एमालेलाई चुनाव जिताउन गाउं गाउंमा अभियान

657 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१५ कात्तिक/ नेकपा एमाले धादिङ निर्वाच क्षेत्र नम्वर २ अन्तर्गत गोगनपानीमा शुक्रवार चुनाव प्रचार प्रसार कार्यक्रम तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो कार्यक्रम पछि गोगनपानी गाविस वडा नम्वर ३ को माझगाउँमा चुनावी सभा सम्पन्न भएको छ ।guru uml नेकपा एमाले गोगनपानी गाउँ कमिटिका अध्यक्ष भरत तामाङको अध्यक्षतामा भएको चुनावी सभामा क्षेत्र नम्वर २ का उम्मेदवार गुरुप्रसाद बुर्लाकोटी, एमालेका राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य नेत्र पौडेल, समानुपातिक तर्फका उम्मेदवार जानुका सिंखडा, नेकपा एमाले धादिङका जिल्ला सदस्य कृष्ण अर्याल, युवा संघ धादिङका अध्यक्ष अर्जुन श्रेष्ठ गोर्खाली लगायतले सम्बोधन गर्नुभएको थियो । यसअघि शुक्रवार विहान सो टोलीले केवलपुर गाविसको वडा नम्वर ४, ५ र ६ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको थियो । घरदैलो अभियानमा क्षेत्र नं २ का उम्मेदवार गुरु बुर्लाकोटीलाई जिताउने उदघोषका साथ एमाले कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

यसैगरी धादिङ क्षेत्र नं २ का एमालेका उम्मेदवार गुरु बुर्लाकोटीलाई जिताउन चैनपुरको वडा नं २ मा चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाँउ पार्टी समिति अध्यक्ष एवम् चुनाव प्रचार प्रसार गाँउ कमिटिका संयोजक तेजनाथ लोहनी, पूर्व गाँउ समितिका सचिव भीम प्रसाद छत्कुली, गाँउ पार्टी समितिका सल्लाहकार ठाकुर प्रसाद छत्कुली लगायतको सहभागीता रहेको थियो । चुनावी माहोललाई तीव्र रुपमा सञ्चालन गर्न चैनपुर गाविस २ नम्बर वडा कमिटीका अध्यक्ष देवी प्रसाद कडेंलको संयोजकत्वमा १ सय ५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ । त्यस्तै बद्री लोहनीको संयोजकत्वमा ५१ सदस्यीय युवा कमिटि र सुनिमाया तामाङको संयोजकत्वमा ५१ सदस्यीय महिला प्रचारप्रसार समितिको गठन गरिएको छ । कार्यक्रममा एमालेका १ सय ७७ जना कार्यकर्ताहरुको सहभागीता रहेको एमालेले जनाएको छ ।

धादिङको निर्वाचन क्षेत्र नम्वर १ स्थित कटुञ्जेका विभिन्न ठाँउहरुमा नेकपा एमालेको चुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रम भएको छ ।dhanbahadur ghale uml 1 घरदैलो कार्यक्रम पछि वडा नं ४ को कटुञ्जेडाँडामा आमसभा गरिएको थियो । आमसभालाई कार्यक्रममा क्षेत्र नमबर १ का निर्वाचन परिचालन समिति संयोजक एवम राष्ट्रिय प्रतिनिधि परिषद सदस्य डाक्टर रामकुमार अधिकारी, क्षेत्र नम्वर १ का उम्मेदवार धन बहादुर घले,, नेकपा एमाले जिल्ला कमिटी धादिङका उपसचिव शम्भू कुमार थापा, जिल्ला सदस्यहरु नारायण कार्की, इन्दिरा ढुङगाना लगायतले सम्बोधन गर्नुभएको थियो । प्रचार प्रसार टोलीले कटुञ्जेको थर्पु, आरुखर्क, चेल्लो लगायतका ठाँउमा आमसभा सम्पन्न गरेको छ ।
धादिङ क्षेत्र नं ३ का उम्मेदवार राजेन्द्र पाण्डेलाई मकवानपुर जिल्लाको आग्रा गाविसमा भव्य स्वागत गरिएको छ । चुनावी प्रचार प्रसारका क्रममा छिमेकी जिल्लामा पुग्नुभएका पाण्डेले विभिन्न ठाँउमा कार्यकर्ता भेटघाट कार्यक्रम गरि मकवानपुर जिल्लावाट पनि नेकपा एमालेलाई जिताउन आग्रह गर्नुभएको थियो । rajendra prasad pande uml 3
त्यस्तै धादिङकै क्षेत्र नम्बर ३ मा पर्ने नौविसे गाविसको वडा नम्बर ८ ठूला गाँउ, मुलाबारी, खली, पाखुरे लगायतका ठाँउहरुमा पनि घरदैलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउं स्तरीय चुनाव प्रचार प्रसार समितिका संयोजक रामराजा पाण्डे, अनेरास्ववियु धादिङका अध्यक्ष सन्तोष राना क्षेत्री, अनेमसंघ क्षेत्रीय सहसचिव गंगा उप्रती, नौविस अनेमसंघका अध्यक्ष मन्दिरा श्रेष्ठ, लगायत एमाले कार्यकर्ताहरुका सहभागीता रहेको थियो । प्रचार प्रसार टोलीलाई गाँउले हरुले भव्य स्वागत गरेका थिए । धादिङ क्षे नं ३ का उम्म्ेदवार राजेन्द्र पाण्डेलाई जिताउन घरदैलो कार्यक्रम सञ्चालन गरिएको नेकपा एमाले धादिङ क्षेत्र नम्बर ३ ले जनाएको छ ।