बालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्नुहुँदैन

379 पटक पढिएको

सम्पादक: Dhadingnews.com

कात्तिक / बालबालिकालाई कुनै पनि पार्टीले चुनाव प्रचारप्रसारका लागि प्रयोग गर्न नहुने सरोकारवालाले बताएका छन् । विद्यालयको शिक्षण सिकाइमा असर पर्ने गरी शिक्षक र विद्यालयलाई प्रयोग गर्न नहुने उनीहरूको धारणा छ । शिक्षा पत्रकार समूह र बालसंरक्षण राष्ट्रिय अभियान (सिजप)ले आयोजना गरेको ‘निर्वाचन आचारसंहिता र विद्यालय शान्तिक्षेत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

विभिन्न राजनीतिक दलले आफ्नो घोषणपत्रमा ‘विद्यालय र बालबालिका शान्तिक्षेत्र हुन्’ भनेर उल्लेख गरे तापनि चुनाव प्रचारप्रसारका क्रममा तिनै बालबालिकालाई प्रयोग गरेको पाइएको छ । यसलाई नियन्त्रण गर्नुपर्ने र बालबालिकालाई प्रयोग गर्नु गलत भएको शिक्षा मन्त्रालयका प्रवक्ता महश्रम शर्माले बताए । त्यस्तै, शिक्षकहरू पनि विद्यालय समयमा चुनावका लागि हिँड्नु गलत हुने उनको भनाइ छ । ‘शिक्षक समाजको संवाहक भएकाले उसले समाजका विभिन्न जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर, उसको प्रमुख जिम्मेवारी कक्षाकोठा भएकाले पहिले आफ्नो काम गर्नुपर्छ ।’