नेपाल संवतको नयाँ वर्ष सुरु

696 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, कात्तिक १८– नेपाल संवतको नयाँवर्ष ११३४ सुरु भएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले गरीब नागरिकको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गर्नुभएको थियो । नेपाल संवत ८ सय ८८ वर्षसम्म आधिकारिक संवतका रुपमा चलेको थियो ।

नेपाल संवतको नयाँ वर्षको अवसरमा नेवार समुदायमा एक आपसमा ‘न्हु दया भिन्तुना’ अर्थाता नयाँ वर्षको शुभकामना आदानप्रदान गरिन्छ । नयाँ वर्ष मनाउनको लागि काठमाडौं उपत्यका सहित देशका बिभिन्न शहरबजारमा ठाउँठाउँमा नयाँ तुलब्यानर, स्वागतद्वार र बत्तीले झिलिमिली बनाइएको छ ।

नेपाल संवतको नयाँवर्ष आगमनको खुसियालीमा साँस्कृतिक जुलुस, र्‍याली लगायतका कार्यक्रम हुँदैछन्  उज्यालो अनलाईनले खबर लेखेको छ् । ।