मलेशियामा एक नेपालीको मृत्यु

675 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मलेशिया, कात्तिक २१ – मलेशियाको पोर्ट केलाङमा एक नेपालीको ज्यान गएको छ । तीन वर्षअघि मलेशिया पुगेका धादिङका राजकुमार तामाङको गएको आइतबार ज्यान गएको हो ।

एक पसलबाट पाउरोटी र रेडबुल किनेर खाने क्रममा भुईंमा लडेको र केही बेरमै उहाँको ज्यान गएको प्रत्यक्षदर्शी वीरेशकुमार यादवले जानकारी दिनुभयो ।

उहाँको शव स्थानीय केलाङ अस्पतालमा पोष्ट मार्टमका लागि राखिएको छ । तामाङ दुई वर्षदेखि अवैध रुपमा सेक्युरिटी गार्डका रुपमा काम गर्दै आउनु भएको उज्यालो अनलाईनले जनाएको छ् ।