आचारसंहिता अनुगमनका लागि ५६ टोली खटाइने

606 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डु, २१ कात्तिक– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन भए/नभएको अनुगमन गर्न देशभर विभिन्न ५६ वटा टोली खटाउने भएको छ ।

election commition of nepalआयोगको बिहीबारको बैठकले अनुगमनका लागि ५६ टोली बनाएर देशभर पठाउने निर्णय गरेको हो ।

आयोग प्रवक्ता वीरबहादुर राईका अनुसार प्रत्येक टोलीको नेतृत्व सचिव वा सह–सचिवले गर्नेछन् । टोलीले उम्मेदवारहरुबाट प्रचार–प्रसार गर्दा आचारसंहिताको प्रयोग र पालना भए/नभएको, चुनावी कार्यक्रम भयमुक्त वातावरणमा स्च्छछ, निष्पक्ष, स्वतन्त्र र पारदर्शी रुपमा भए/नभएको अनुगमन अनुगमन गर्ने राइले बताए ।

बैठकले विभिन्न जिल्लामा चुनाव प्रचार–प्रसारमा बालबालिका प्रयोग गरेर आचारसंहिता उल्लंघन भएको सम्बन्धमा परेको उजुरीबारे अध्ययन गरी तत्काल प्रतिवेदन बुझाउन महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आचारसंहिता सेललाई निर्देशन दिएको छ ।

राईले कपिलवस्तुबाट विभिन्न दलले निर्वाचन प्रचार–प्रसारमा मापदण्डविपरीत प्रयोग गरेका चार सय थान पर्चा पम्प्लेट र २ वटा भारतीय नम्बर प्लेटका गाडी नियन्त्रणमा लिइएको पनि पत्रकार सम्मेलनमा बताए ।

रामचन्द्र र एकनाथले हेलिकोप्टर चढ्न पाउने

निर्वाचन आयोगले काँग्रेस उपसभापति रामचन्द्र पौडेल र परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई चुनावी प्रचार–प्रसारका लागि हेलिकोप्टर प्रयोग गर्न अनुमति दिएको छ ।

आयोगका अनुसार पौडेल हेलिकोप्टरमार्फत अर्घाखाँची, रामेछाप, मुस्ताङ, म्याग्दी र स्याङजा जान सक्नेछन् । यस्तै ढकाललाई भोजपुर, संखुवासभा, ओखलढुंगा, रोल्पा, कालिकोट, अछाम, सुर्खेत र दैलेख जानका लागि हेलिकोप्टर चढ्न अनुमति दिइएको काठमाण्डु टूडे  अनलाईनले जनाएको छ ।