हेम सरिता पाठक प्रतिष्ठानका लागि आधा घण्टामा ८४ लाख सहयोग जुट्यो

860 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 
सूर्य थापा, न्युयोर्क– अमेरिकाको टेक्सास राज्यमा रहेर नेपालको भष्ट्राचार बिरुद्धको अभियान सञ्चालन गरिरहेको संस्था हेम सरिता पाठक प्रतिष्ठानका लागि आधा घण्टामा ८४ लाख रुपैंया सहयोग संकलन भएको छ । प्रतिष्ठानले आईतबार टेक्सासमा गरेको सहयोग संकलन कार्यक्रममा प्रतिष्ठानले उत्कृष्ट कार्य गरेको भन्दै सहयोग दाताहरुले खुशी साथ ८४ हजार ५ सय अमेरिकन डलर सहयोग गरेका थिए । प्रतिष्ठानका प्रमुख संरक्षक हेम पाठक र महावाणिज्युदत प्रेमराजा महतको बिषेश आतिथ्यतामा भएको कार्यक्रममा ईण्डियन अमेरिकन ब्यवसायीहरु अम्बीर अली र यासीर महमदले क्रमश ३० र १५  हजार अमेरिकन डलर सहयोग गर्नुभएको थियो । rabin 2
 
कार्यक्रममा नेपाली समाजसेवी तथा ब्यवसायीहरु बाला घिमीरे र मणी प्रधानले प्रतिष्ठानलाई १०, १० हजार अमेरिकन डलर सहयोग गर्नुभएको थियो भने सानुबाबु सिलवाल, दुर्गा दाहाल, शिमा, आशिष कट्टेलले ५, ५ हजार अमेरिकन डलर सहयोग गर्नुभएको थियो । कार्यक्रममा जेनी पाठक र दिपक हुमागांईले १, १ हजार अमेरिकन डलर सहयोग गरेका थिए भने पदम ठकुराशी, हिमेश वली र राजन रिजालले ५, ५ सय अमेरिकन डलर सहयोग गरेका थिए।  
 
कार्यक्रममा प्रदिप पराजुली, प्रशन्न ढुंगाना र सुनिल सिटौलाले २, २ सय अमेरिकन डलर सहयोग गरेका थिए । आधा घण्टामै ८४ हजार ५ सय अमेरिकन डलर रकम सहयोग प्राप्त भए पश्चात बोल्नुहुदैं संस्थाका प्रमुख संरक्षक हेम पाठकले बिगत चार बर्ष देखी संस्था एक्लैले सञ्चालन गरेको अभियानमा साथ दिने सबैमा आभार प्रकट गर्नुभयो । प्रमुख संरक्षक पाठकका अनुसार ८० हजार अमेरिकन डलर सहयोग जुटाउने उद्धेश्यका साथ सहयोग संकलन कार्यक्रमको आयोजना गरिएकोमा आधा घण्टामा नै ८४ हजार ५ सय पुगे पछि अन्य दाताहरुको सहयोग लिइएको थिइएन । 
 
बिगत चार बर्ष देखी आफ्नै ब्यक्तीगत खर्चबाट भष्ट्राचार बिरुद्धको अभियानमा कार्यक्रमहरु संञ्चालन गर्दा ९० हजार अमेरिकन डलर लगानी भइसकेको जानकारी गराउनुहुदैं प्रमुख संरक्षक पाठकले आइतबार संकलन भएको सहयोग रकमबाट संस्थाले काठमाडौंको सांखुमा सञ्चालन गरिरहेको उग्रतारा निम्न माध्यमीक बिद्यालयमा लगाईनेछ । हाल कक्षा ८ सम्म सञ्चालन भईरहेको बिद्यालयमा कक्षा ९ देखी १२ सम्मको लागि आवश्यक कक्षा कोठा, पुस्तकालय, शिक्षकहरुको १ बर्षको तलब तथा शौचालय निर्माण गर्नुका साथै बिद्यालयलाई सहयोग स्वरुप प्राप्त भएको ४२ रोपनी जग्गामा बार बन्देज लगाउने कार्यमा लगाईने जानकारी दिनुभयो। आर्थिक अभावका कारण बन्द हुन लागेको निम्न माध्यमीक बिद्यालयलाई संस्थाले पुर्नजन्म दिदैं भष्ट्रचारको बिरुद्धमा नयां पुस्ता निर्माण गर्ने अभियानको रुपमा बिद्यालयलाई सञ्चालन गरिरहेको छ । 
 
हाल भष्ट्राचार बिरुद्धको बिद्यालय सञ्चालन गर्नुका साथै हरेक बर्ष पत्रकारीता, कलाकारीता र साहित्य क्षेत्रबाट भष्ट्राचार बिरुद्ध कार्य गर्ने उत्कृष्ट ब्यक्तीहरुलाई पुरस्कृत गर्दै आएको संस्थाले आगामी दिनमा देशका ७५ वटै जिल्लाबाट २, २ जना गरिब तथा जेहेन्दार बिद्यार्थी छनौट गरि निशुल्क शिक्षा दिने योजना राखेको पनि प्रमुख संरक्षक पाठकले जानकारी गराउनुभयो । 
 
देशभरबाट छनौट हुने १५० जना गरिब तथा जेहेन्दार बिद्यार्थीहरु मध्ये ३० जनालाई बस्नको लागि होस्टेल निर्माण गर्न निर्मल र बिना श्रेष्ठले सहयोग गर्ने घोषणा गर्नुभएको थियो । ३० लाख रुपैया खर्च लाग्ने होस्टेल निर्माणका लागि निर्मल र बिना श्रेष्ठले सहयोगको घोषणा गर्नुभएको थियो भने भक्तसूर्य, तुलसी न्हुछे प्रधान स्मृती पुस्ताकलय निर्माणका लागि मणी न्हुछे प्रधान, निर्मला प्रधान, मणिला न्हुछे प्रधान, र मनिष प्रधानले सहयोगको घोषणा गर्नुभएको थियो ।