एमाओवादीका कार्यकताले हानेको वोतल र ढुङ्गाले लागेर एमालेका दश कार्यकर्ता घाइते

574 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,/ चुनाव प्रचारमा रहेका एमालेका कार्यकर्ताहरु चढेको मोटरमा सडक माथिवाट एमाओवादीका कार्यकर्ताहरुले प्रहार गरेकोे ढुङ्गा र वोतलले लागेर धादिङको चरौंदीमा पन्ध्रजना भन्दा बढी घाईते भएका छन । घाईते मध्ये पांच जनाको अवस्था गम्भिर रहेको छ । DSC01909
नेकपा एमाले धादिङ क्षेत्र नम्बर ३ ले चुनाव प्रचार प्रसारका क्रममा शुक्रवार पृथ्वीराजमार्गमा आयोजना गरेको ¥यालीमा सहभागीहरु चढेको मोटरमा चरौंदीवजारमा सडकभन्दा माथि लुकेर वसेकाहरुले आक्रमण गर्दा मोटरमा सवार पन्ध्र जना घाइते भएका हुन । सडकमाथि वाट प्रहार गरिएको ढुङ्गा र वोतलले लागेर गजुरी २ का २५ बर्षिय आयुष तामाङ,पिडा २ का ३३ बर्षिय गोकर्ण न्यौपाने,महादेवस्थानका २१ बर्षिय रामेश्वर रावल,वेनिघाट ३ का २६ बर्षिय सुरेन्द्र श्रेष्ठ र बैरेनी ८ की २४ बर्षिया विमला घिमिरे गम्भिर घाइते भएका छन । घाइतेहरु मध्ये अधिकांशको टाउकोमा गहिरो चोट लागेको छ ।
सडक माथि लुकेर बसेको समुहले एक्कासी ढुङ्गा र वोतलले प्रहार गर्दा ट्रकको पछाडी रहेका एमाले कार्यकर्ताहरु घाइते भएका हुन । घाइते मध्ये गम्भिर अवस्थामा रहेका पांच जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भईरहेको छ भने सामान्य चोट पटक लागेका घाइतेहरुलाई चरौंदी र वेनिघाट स्थित स्वास्थ्य संस्थामा उपचार पछि घर फर्काईएको नेकपा एमाले धादिङ क्षेत्र नम्बर ३ ले जनाएको छ । चुनावी अभियानमा रहेका एमाले कार्यकर्ताहरु माथि लुकेर हमला भएपछि पृथ्वीराजमार्गको चरौदी क्षेत्र दिउंसो निकै बेर तनावग्रस्त भएको थियो । घटनास्थल पुगेको सुरक्षाकर्मीले थप घटना हुनवाट रोक्न निकै कसरत गर्नुपरेको थियो ।
आफ्ना कार्यकर्ताहरु माथि एकीकृत नेकपा माओवादीका स्थानीय कार्यकर्ताहरुले लुकेर सडक माथिबाट ढुङ्गा र वोतलले प्रहार गरि घाइते वनाएको नेकपा एमाले धादिङका उपाध्यक्ष एवम क्षेत्र नम्बर ३ का निर्वाचन परिचालन प्रमुख भुमि त्रिपाठीले वताए । एमालेका कार्यकर्तालाई आक्रमण गर्ने अपराधमा संलग्न भएकाहरुलाई तत्काल कारवाही गर्न एमालेले स्थानीय प्रशासन संग माग गरेको छ । नेकपा एमाले धादिङ क्षेत्र नम्बर ३ ले शुक्रवार पृथ्वीराजमार्गको मौवाखोला देखि त्रिभुवनराजपथको खानीखोला सम्म चुनाव प्रचार प्रसारको लागि ¥यालीको आयोजना गरेको थियो । धादिङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेका पोलिव्युरो सदस्य राजेन्द्र पाण्डे र एकीकृत नेकपा माओवादीका शालिकराम जमकट्टेल बिच कडा चुनावी प्रतिस्पर्धा रहेको छ । अघिल्लो संविधान सभाको निर्वाचनमा एमालेका नेता पाण्डेलाई पराजित गरेर एमाओवादीका जमकट्टेल विजयी भएका थिए ।