समानुपातिकमा १० हजार ७ सय ९ जना उम्मेदवार

607 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, कात्तिक २९ – निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ ।

आयोगका अनुसार अब समानुपातिक तर्फ ३ सय ३५ सिटका लागि १० हजार ७ सय ९ जना उम्मेदवार छन् । ३ सय २ जनाको नाम हटाइएको छ ।

उमेर नपुगेका १ सय ४८, मतदाता नामावलीमा नाम नभएका ७६, प्रत्यक्ष र समानुपातिक दुवैतिर उम्मेदवार बनेका १९, लाभको पद लिएका ४ र आफै फिर्ता लिएका ६ र अदालतको अन्तिम फैसलाबाट सर्वस्वसहित जन्म कैद सजायँ पाएका एक जनाको गरी ३ सय २ जनाको नाम हटाइएको आयोगले जनाएको छ ।

आयोगले चुनाव पर्यवेक्षणका लागि १७ हजार ७ सय २५ स्वदेशी र २ सय ३५ जना विदेशीले अनुमति लिएको जानकारी दिएको उज्यालो अनलाईनले खबर लेखेको छ । छ ।