धादिङमा ५३ उम्मेदवारको जमानत जफत

688 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ / संविधानसभा निर्वाचनमा धादिङ जिल्लाका प्रत्यक्षतर्फका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ । जमानत जफत हुनेहरुमा साना दल र स्वतन्त्र उम्मेदवारहरु रहेका छन । जिल्लाको ३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका ६३ उम्मेदवारमध्ये जमानत सुरक्षित गर्न आवश्यक पर्ने खसेको मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेका ५३ उम्मेदवारको धरौटीवापत राखिएको रकम जफत भएको हो । संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन गर्न उम्मेदवारले ३ हजार रुपैया धरौटी राख्नुपर्ने व्यवस्था रहेको छ ।
धादिङमा संविधानसभाको निर्वाचनमा प्रमुख दलका उम्मेदवारले मात्र आफ्नो जमानत सुरक्षित राख्न सफल भएका छन् । राप्रपा धादिङको क्षेत्र नम्बर १ मा मात्र आफ्नो जमानत सुरक्षित गर्न सफल भएको छ । एमाले, कांग्रेस र एमाओवादीले जिल्लाको तीनवटै क्षेत्रमा जमानत जफत हुनबाट बचाएको छ । जिल्लामा निर्वाचित उम्मेदवारका निकटतम सबै प्रतिद्धन्द्धीले जमानत जोगाएका छन । निर्वाचन सम्वन्धि ऐनहरुमा उल्लेख भएअनुसार संविधान सभाको सदस्य पदमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिने उम्मेदवारले आफ्नो जमानत जोगाउन कुल खसेको मतको १० प्रतिशत मत अनिवार्य ल्याउनुपर्ने कानुनी व्यवस्था छ ।
धादिङको क्षेत्र नम्बर १ मा पराजीत भएरपनि कांग्रेसका उम्मेदवार तिलक रुवाली,राप्रपाका बुद्धिमान तामाङ र एनेकपा माओवादीका पुष्पबिक्रम मल्लले आफ्नो जमानत बचाएका छन । एमालेका उम्मेदवार धनवहादुर घले विजयी भएको यस क्षेत्रमा ५ स्वतन्त्र सहित १६ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिएका मध्ये १२ जनाको जमानत जफत भएको हो । धादिङको क्षेत्र नम्बर १ मा कुल मतदाता ४३ हजार ५ सय २५ रहेकोमा ३३ हजार १ सय ५३ मत खसेको थियो । उम्मेदवारको जमानत जफत नहुन यस क्षेत्रमा कम्तीमा ४ हजार ३ सय ५२ मत प्राप्त गर्नुपर्नेमा १२ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्दाको जमानत जोगाउन आवश्यक पर्ने मत नपाएपछि उनीहरुको जमानत जफत हुन पुगेको हो । क्षेत्र नम्बर १ मा जमानत जफत हुने भरतप्रसाद नेपाल,डल्ले सार्की,श्याम लामा तामाङ,गजवहादुर लामा,दिलवहादुर घिमिरे,हरीवहादुर गुरुङ,रुद्रवहादुर गेलाङ मगर,मिनवहादुर अधिकारी, फैसिंह घले,सन्तोष सिटौला, पन्थ तामाङ र चन्द्रवहादुर अधिकारी रहेका छन ।
एमालेका उम्मेदवार गुरुप्रसाद वुर्लाकोटी विजयी भएको धादिङको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका रामनाथ अधिकारी र एमाओवादीका कल्पना धमला बाहेक पराजित सबै उम्मेदवारको धरौटी जफत भएको छ । कुल मतदाता संख्या ६३ हजार ६ सय २६ रहेको धादिङ २ मा ५१ हजार ६ मत खसेको थियो । जमानत जफत नहुन चाहिने खसेको कुल मतको १० प्रतिशत मत ल्याउन नसकेपछि यस क्षेत्रका ८ स्वतन्त्र सहित २३ उम्मेदवारको जमानत नै जफत भएको हो । क्षेत्र नम्बर २ मा जमानत जफत भएका उम्मेदवारहरुमा हरीप्रसाद आचार्य,नन्दप्रसाद काप्री,जंगवहादुर तामाङ,कमल कोईराला,अप्सरा पन्त,सुके सार्की,गोमाकुमारी लामिछाने,कृष्णप्रसाद लम्साल,शिवराम भण्डारी,निरवहादुर अधिकारी,कृष्णप्रसाद पाण्डे,सुर्यवहादुर थापा,रामजी लम्साल,विरवहादुर पौडेल,सहदेव तामाङ,जितवहादुर दमै,वसन्त आचार्य,नवराज थापा,राजेन्द्र चवाल,रुद्रवहादुर खत्री,बद्री नेपाल,भरत ढुङगाना,अर्जुनकुमार श्रेष्ठ रहेका छन ।
यस्तै गरी एमालेका राजेन्द्र पाण्डे विजयी भएको धादिङ ३ मा पनि एमाओवादीका शालिकराम जमकट्टेल,नेपाली कांग्रेसका बुद्धलक्ष्मी लामा बाहेक ५ स्वतन्त्र सहित १८ उम्मेदवारको जमानत जफत भएको छ । कुल मतदाता ६३ हजार ८ सय ८६ रहेको यस क्षेत्रमा ५० हजार ७ सय १४ मत खसेको थियो । उम्मेदवारी दर्ता गर्दा राखेको जमानत सुरक्षित गर्न आवश्यक पर्ने खसेको मतको १० प्रतिशत मत ल्याउन नसकेपछि १८ उम्मेदवारको जमानत जफत भएको हो । क्षेत्र नम्बर ३ मा जमानत जफत हुने उम्मेदवारहरुमा रामेश्वर सिम्खडा,जितवहादुर भण्डारी,सुदिप उप्रेती,टेकवहादुर तामाङ,कान्छा तामाङ,नवराज अर्याल,कर्णवहादुर तामाङ,राजकुमार अर्याल,टंकवहादुर भण्डारी,सानुकान्छा लामा तामाङ,देव त्वनावासु,प्रल्हादप्रसाद खकुरेल,नृपेश न्यौपाने,बाबुराम थापा काजी, गणेश लाल श्रेष्ठ,सुरेश कुंबर,सहदेव सिलवाल, गंगासागर नेपाल रहेका छन ।