धादिङ जिल्लाका सात गाविसमा शाखा अधिकृत गाविस सचिव
532 पटक पढिएको
धादिङ जिल्लाका ५० गाविस मध्ये नौबिसे, भुमेस्थान, बैरेनी, पिडा, गजुरी, कुम्पुर र नीलकण्ठ गाविसमा अधिकृतस्तरका कर्मचारीलाई गाविस सचिवको रुपमा खटाइएको हो। यसपटक अधिकृतस्तरका कर्मचारी खटाइएका सात गाविस मध्ये बैरेनी गाविसमा भने दुई बर्ष अघिदेखि अधिकृतलाई सचिवको जिम्मेवारी दिइएको थियो।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाविसको स्तरोन्नती गरि जिल्लाका ७ गाविसमा अधिकृत, २४ गाविसमा नायब सुब्बालाई गाविस सचिवको जिम्मेवारी दिएको छ। बाँकी १९ गाविसमा भने खरीदारलाई नै कायम गरिएको जिल्ला विकास समिति धादिङले जनाएको छ।
अधिकृतस्तरका कर्मचारी खटाइएका ७ मध्ये नौबिसे, भुमेस्थान, बैरेनी ,पिडा र गजुरी गरी पाँच गाविस निर्वाचन क्षेत्र नम्बर ३ मा कुम्पुर र नीलकण्ठ गरी दुई गाविस क्षेत्र नम्बर २ मा रहेको छ। उत्तरीभेगमा पर्ने क्षेत्र नम्बर १ का २० मध्ये कुनैपनि गाविसमा अधिकृत तहका कर्मचारी खटाइएका छैनन्।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विशेष बढुवामा परेका कर्मचारीको व्यवस्थापनका लागि जनसंख्या धेरै र वित्तीय परिचालन हुने गाविसमा अधिकृतस्तरका सचिव पठाउने व्यवस्था गरेको हो।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७०, ५ पुष शुक्रबार ०९:५८ मा प्रकाशित