जाडोमा छाला चिलाउनुको रहस्य

564 पटक पढिएको

सम्पादक: Dhadingnews.com

हिउँद याममा हावामा आद्र्रता कम हुने भएकाले हाम्रो छालामा त्यसको प्रभाव पर्छ । जाडोले छाला सुख्खा र चाउरिन्छ । चिल्लो पदार्थ नलगाएमा छालाको सुख्खापना बढ्दै गएर चिलाउन थाल्छ । सामान्यतया प्रायः मानिसले जाडोमा आफ्नो छाला चिलाउने गरेको गुनासो गर्छन् । जाडो सुरु भए हावामा सुख्खापना आउँछ । घर भित्र न्यानो पार्न हिटर प्रयोग गरे वा आगो बालेमा हावा झनै सुख्खा भएर छाला फुस्रो हुन्छ । तापनि जाडोमा छालालाई चिल्लो, चम्किलो र आकर्षक बनाइराख्न केही सजिलो उपाय अपनाउन सकिन्छ । अमेरिकाको कोलम्बिया युनिवर्सिटी अफ मेडिकल सेन्टर सँग सम्बद्ध छालारोग विशेषज्ञ डा. रोविन मेरेक जाडोमा छालालाई स्वस्थ राख्न पेट्रोलियम वा क्रिममा आधारित मोइस्चराइजर लगाउनु वेश हुने बताउनुहुन्छ ।
  उहाँका अनुसार सम्बेदनशील छाला भएमा सुगन्ध नहालिएको मोइस्चराइजर लगाउनु पर्ने र नुहाएपछि छाला सुख्खा हुनु पहिले नै मोइस्चराइजर लगाएमा छाला सुख्खा हुन पाउँदैन । छालालाई सफा राख्नु राम्रो हो तर वेस्सरी र गड्नु हुँदैन । छाला सफा राख्ने प्रयासमा धेरै बल गरेमा छालाको प्राकृतिक मोइस्चराइजर हराउँछ । दिनमा एक पटक हात, खुट्टा, अनुहार आदि सफा गरे पुग्छ । दैनिक नुहाउनुहुन्छ भने साबुन लगाउनु जरुरी हुँदैन । यसैगरी, डा. रोविनले तातो पानी र साबुनको प्रयोग सीमित गर्नु पर्ने सुझाव दिनुभएको छ । छाला चिलाउने गरेको छ भने तातो पानी सकभर उपयोग नगर्ने । हावा सुख्खा भएमा छालाको ओसिलोपना हराउँछ । त्यसैले बस्ने कोठालाई सुख्खा हुन नदिने र आगो नबाल्ने । हावा चलेको बेला छालालाई छोपेर राख्ने वा मोइस्चराइजर लगाएर सुरक्षित राख्ने गर्नुपर्छ । यसका साथै अत्याधिक जाडोले छालाको र ङ परि वर्तन हुन थाल्यो वा हात खुट्टामा सम्बेदना कम भएमा सावधानी अपनाउनु जरुरी छ । यस्तो अवस्थामा चिकित्सकको सेवा लिनु पर्ने हुन सक्छ । जाडोमा घाम ताप्न मन त लाग्छ तर घामले समेत छाला बिगार्छ । यसैकारण जाडोमा घाममा निस्कँदै हुनुहुन्छ भने १५ एसपिएफ वा सो भन्दा बढीको सन्सक्रिम लगाउनु बुद्धिमानी हुने डा. रोविनको सुझाव छ । एजेन्सी