जिल्लामा विकासका सम्भावना प्रशस्त–पाण्डे

633 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,९ पुस- देशका प्रमुख पांचवटा ठुला शहरको नजिक रहेको धादिङ जिल्लामा दिगो विकासका सम्भावनाहरु प्रशस्त रहेको पुर्व स्थानीय विकास मन्त्री एवम धादिङ क्षेत्र नम्बर ३ का सभासद राजेन्द्र पाण्डेले वताएका छन । धादिङ जिल्लामा उत्पादित हरेक बस्तुलाई वजारको समस्या नरहेकाले भुगोल अनुसारको उत्पादन गरी वजारमा पु¥याई आर्थिक विकासमा लाग्नुपर्ने पाण्डेको भनाई छ ।SAM_0553
बहुचचिर्चत ६ सय मेगावाटको बुढीगण्डकी जलबिद्युत्त आयोजना,रसुवागढी ,गल्छि ,मलेखु ,भण्डारा हुंदै पर्साको ठोरी जोडने बैकल्पिक राजमार्ग, मध्यपहाडी राजमार्ग,धार्के सितापाईला सुरुङ मार्ग धादिङ जिल्लामा निर्माणहुने क्रममा रहेकाले अवको केही बर्षमा धादिङ जिल्लाले आर्थिक क्षेत्रमा ठुलो फडको मार्ने पाण्डे वताउंछन ।स्थानीय निकायको निर्वाचन हुन ढिलाई हुंदा विकास निर्माणका कार्यहरु पनि पछि पर्दै जाने र एउटै कर्मचारीले सवैजनप्रतिनिधिको काम गर्नुपर्दा स्थानीय निकायमा अन्यौल बढिरहेको पाण्डेको भनाई छ । निर्वाचन आयोग स्थानीय निकायको निर्वाचन गराउन तयारी अवस्थामा रहेकाले अव छिट्टैनै निर्वाचनको मिति घोषणा गरेर स्थानीय निकायमा जनप्रतिनिधि चयन गनुपर्ने पाण्डेले वताए । नेकपा एमालेका पोलिटव्युरो सदस्य समेत रहेका सभासद पाण्डेले ग्रामीण विकासका लागि आवश्यक पुर्वाधार र वजेट पहिलो प्राथमिकता भएको र यि सबैको व्यवस्थापन स्थानीय निकायका जनप्रतिनिधिले मात्र गर्न सक्ने वताए । धादिङ जिल्ला देशका प्रमुख पांचवटा ठुला शहरको नजिक रहेकाले यहां दिगो विकासका सम्भावनाहरु प्रशस्त रहेको पाण्डेको भनाई थियो ।
धादिङ जिल्लामा कार्यरत विभिन्न नौ वटा कर्मचारी संगठनको संयुक्त आयोजनामा मंगलवार धादिङबेसीमा आयोजित जिल्लावाट निर्वाचित सभासदहरुलाई वधाई तथा साक्षात्कार कार्यक्रममा वोल्दै धादिङ क्षेत्र नम्बर ३ का सभासद एवम पुर्व स्थानीय विकास मन्त्री पाण्डेले यस्तो बताएका हुन । स्थानीय निकाय निर्वाचन नभएका कारण जनताका लागि अति आवश्यक विकास निर्माण र जनसरोकारका बिषयहरु ओझेलमा पर्दै गएको पुर्वमन्त्री पाण्डेले वताए ।
बुढीगण्डकी आयोजना निर्माण हुन ९० खरव खर्च लाग्ने र आयोजना शुरु भएपछि २ लाख मान्छेले सात बर्ष सम्म रोजगारी पाउने पाण्डेले कार्यक्रममा वताए । आयोजना निर्माण शुरु भएको १० बर्षमा निर्माण कार्यसम्पन्न भई जिल्लामा दिगो आम्दानीको श्रोत व्यवस्थापन हुने। सल्यानटारमा हवाईमैदान निर्माण गरी ४८ किलोमिटरको बुढीगण्डकी जलाशयमा पर्यटकहरु ल्याउन सकिने पाण्डे वताउंछन ।
कार्यक्रममा धादिङ जिल्लावाट निर्वाचित सभासदहरु पाण्डेका साथै धनवहादुर घले र गुरुप्रसाद बुर्लाकोटीले पनि आफ्नो धारणा राख्दै जनतालाई केन्द्रविन्दुमा राखेर राष्ट्रसेवकहरुले काम गर्नुपर्नेमा जोड दिएका थिए । यसैगरी धादिङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेल, कर्मचारी मिलन केन्द्रका अध्यक्ष दिपेन्द्र सुवेदी,नेकपा एमालेका जिल्ला अध्यक्ष खेम लोहनीले पनि जिल्लाको विकास र कार्यान्यवनमा कर्मचारी र जनप्रतिनिधिको भुमिकाको बिषयमा आफ्नो धारणा राखेका थिए ।
जिल्लामा कृयाशिल सरकारी कर्मचारी सघ संगठनहरुको तर्फवाट सभासदहरुलाई सामुहिक सम्मान गरिनुका साथै एक एक थान डायरी र कलम उपहार दिईएको थियो ।
साथमा सभासद सम्मानसम्वन्धित तस्बिर पनि छ ।