बिच्चलीमा परेका बैरेनीका तीन वालवालिकाको माईती नेपालले उद्धार गर्ने

527 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ- आमाले छाडेर हिंडेपछि दुई बर्ष देखि बिच्चलीमा परेका धादिङको बैरेनी गाविस वडा नम्बर ९ माझिखेतका तीन वालवालिकाको माइृती नेपालले उद्धार गर्ने भएको छ । DSC02132
‘आमाले छाडेपछि तीन तीन सन्तानको बिच्चली’ शिर्षकमा समाचार प्रकाशित भएपछि माईती नेपालका अध्यक्ष अनुराधा कोईरालाले वालवालिकाको उद्धारका लागि चासो देखाएकी हुन ।
माईती नेपालका कार्यक्रम संयोजक पदम वस्नेतले शुक्रवार धादिङको बैरेनी गाविस वडा नम्बर ९ माझिखेत स्थित घरमा आएर तीन वालवालिकाको अवस्था अध्ययन गरी तत्काल उनीहरुलाई उद्धार गर्ने वताएका हुन । आमाले छाडेर हिंडेपछि बिच्चलीमा परेका तीनै जना वालवालिकालाई केही दिन भित्रमा प्रकृया पुरा गरी माईती नेपाल लगिने कार्यक्रम संयोजक बस्नेतले वताए । उनीहरुलाई माईती नेपालमा राखेर एसएलसी सम्मको पढाईका लागि सबै सहयोग गरिने उनले वताएका छन । बस्नेतको नेतृत्वमा आएको टोलीले वालवालिकाको वारेमा स्थानीय व्यक्तिहरुसंग जानकारी लिनुका साथै वच्चाका वाबुलाई समेत भेटेर उद्धारका लागि परामर्श गर्दा बच्चा बिच्चलीमा परेकाले लैजान सहमती पाएको उनले वताए ।
श्रीमान बलराम भण्डारीसंग मनमुटाव बढ्दै गएपछि माईत गएकी २२ बर्षिया शुसिला आफ्ना तीन सन्तानलाई छाडेर दुईबर्ष देखि वेखवर भएर हिडेपछि ८ बर्षिया अनुशा, ६ बर्षिया मनिषा र ४ बर्षिय मनिषको बिचल्ली भएको हो । श्रीमतीले तीन सन्तानलाई छाडेर हिडेपछि छोराछोरीको लालनपालन गर्ने जिम्मेवारी पाएका वलराम भण्डारी ज्यालामजदुरीका लागि हिड्नुपर्दा उनीहरुका तीन सन्तानको बिच्चली हुन गरेको समाचार प्रकाशित भएको थियो ।