एमालेको ८४ जना समानुपातिक सभासदमा को-को छन ? (नामावलीसहित)

653 पटक पढिएको

सम्पादक: Dhadingnews.com

एमालेको ८४ जना समानुपातिक सभासदमा को-को छन ? (नामावलीसहित)

काठमाडौ, १२ पुस – तीन दिनदेखि राजधानीको गोकर्ण रिसार्टमा बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले सभासद्को टुंगो लगाएपनि नेताहरुले नाम गोप्य राखेका थिए ।

स्थायी कमिटीमा समानुपातिक सूचीका सवै परेका छन् । केन्द्रीय कमिटीका उपाध्यक्ष विद्यादेवी भण्डारी, सचिव युवराज ज्ञवाली, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, स्थायी समिति सदस्य भरतमोहन अधिकारी, नेताहरु काशीनाथ अधिकारी, पशुपति चौलागाईं, भानुभक्त ढकाल र तुलाराज विष्ट सभासद् भएका छन् ।

तर,  पार्टीका प्रभावशाली नेताहरु प्रदीप नेपाल, मुकुन्द न्यौपाने, महेन्द्र पाण्डे, सोमनाथ प्यासी, खगराज अधिकारी, किरण गुरुङ, परशुराम मेघी गुरुङ, माधव पौडेल, बेदुराम भुसाल, सुरेशकुमार कार्की, भानुभक्त जैसी, ठाकुर गैरे, जागृतप्रसाद भेट्वाल, गोरखबहादुर बोगटी र महिला नेतृ रामकुमार झाँकी भने समानुपातिकमा अटाउन सकेनन ।

अनेरास्ववियुका पूर्वअध्यक्ष राजेन्द्र राई र ठाकुर गैरे, पूर्वसचिव रचना खड्का पनि समानुपातिकमा परेनन् ।

समानुपातिकमा रहेका कलाकार भूवन केसी पनि सभासद् हुन सकेनन ।

केन्द्रीय कमिटीमा रहेका सबै महिला नेतृहरु सभासद भएका छन् । महिला नेतृत्व स्थापित गर्नुपर्ने भन्दै एमालेले समानुपातिक सूचीमा रहेका महिला केन्द्रीय सदस्यहरुलाई पहिलो प्राथमिकतामा राखेर सभासद बनाउने निर्णय गरेको हो । जस अनुसार पोलिटव्युरो सदस्य अष्टलक्ष्मी शाक्यदेखि झापाकी शहिद पत्नी जीवन घिमिरेसम्मले सभासद् बन्ने मौका पाएका छन् ।

चुनावको मुखैमा पार्टी प्रवेश गरेका राजधानी दैनिकका सञ्चालक महेन्द्र शेरचन र विराटनगरकी उद्योगपती राज्यलक्ष्मी गोल्छा भने एमाले बन्न सफल भएका छन् ।

समानुपातिक सूचीलाई अन्तिम रुप दिएर नेताहरु शुक्रबार अबेर घर फर्किएका थिए । एमाले नेताहरुले नाम गोप्य राखेका कारण देशभरबाट सभासद्को सूचीबारे सोधीखोजी भएको थियो । सम्भवत शनिबार निर्वाचन आयोगमा नामावली बुझाइने एमालेले जनाएको छ।

एमालेले केन्द्र र भूगोलबाट ५०/५० प्रतिशत औसत मानेर सभासद् छनोट गरेको छ । सभासद्का आकांक्षी धेरै भएकाले पनि सभासद छान्न मुस्किल परेको नेताहरुले बताएका छन् । संस्थापन पक्षले र केपी ओली पक्षले छुटाछुट्टै सूची तयार पारेको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल पनि यो बैठकमा संस्थापन पक्षतिरै देखिए ।

यस्तै, आगामी फागुनभित्रै पार्टीको नवौं महाधिवेशन गर्न नेताहरु सहमति नजिक पुगेका छन् । त्यसका लागि सात दिनभित्र महाधिवेशनको विस्तृत कार्ययोजना तयार गरी स्थायी समितिमा पेस गर्न सचिवालयलाई जिम्मा दिने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए ।

प्रमुख तीन दलमध्ये समानुपातिक सभासद् छान्ने एमाले पहिलो पार्टी भएको छ । काँग्रेस र एमाओवादीले अझै सभासद छान्न सकेका छैनन ।

 

सम्पूर्ण नामावली  
खस आर्य
१. अमृत बोहोरा
२. युवराज ज्ञवाली
३. भरतमोहन अधिकारी
४. पशुपति चौंलागाई
५. काशीनाथ अधिकारी
६. केशब बडाल
७. भानुभक्त ढकाल
८. तुलाराज विष्ट
९. मनकुमार गौतम
१०. बलबहादुर महत
११. डा. भिष्म अधिकारी
१२. धनबहादुर रायमाझी
१३. केदार सन्जेल
१४. निर्मल सुवेदी
१५. शान्ता मानवी
१६. गौरा प्रसाईं
१७. जीवन घिमिरे
१८. शुशीला नेपाल
१९. विद्या भण्डारी
२०. कमला सुवेदी
२१. टुका हमाल
२२. कल्पना शर्मा
२३. गरिमा शाह (मदनकुमारी)
२४. गौरी ओली
२५. ममता गिरी
२६. बसन्धुरा रोकाया
२७. रिता रावलदलितबाट२८. राम अवतार पासवान
२९. दुलारी देवी
३०. चुडामणि जंगली
३१. जितबहादुर गौतम
३२. शारदा विश्वकर्मा
३३. भागवत नेपाली
३४. टेकु नेपाली
३५. ज्ञानुदेवी गैरे
३६. अफिलाल उखेडा
३७. शिवकुमारी गोतामे सार्कीमधेशी
३८. कृपाराम राना
३९. विश्रामप्रसाद चौधरी
४०. नागेन्द्र थारु
४१. रन्जना माझी
४२. रवनी चौधरी
४३. अम्बिका राजबंशी
४४. सत्यनारायण मन्डल
४५. शितल झा
४६. धर्मनाथ शाह
४७. बंशिधर मिश्र
४८. रामचन्द्र साह
४९. आदित्यनारायण कशोधन
५०. हरिराज राजबंशी
५१. जुनाइद अन्सारीमधेशी महिला
५२. कमला देवी
५३. रन्जु झा
५४. आशा यादव
५५. मीना यादव
५६. सविया प्रवीण
५७. अनारकली मिया
५८. रन्जना सरकार
५९. राज्यलक्ष्मी गोल्छा

जनजातिमा
६०. ज्ञानबहादुर भुजेल
६१. सिद्धिलाल सिंह
६२. बिनोद श्रेष्ठ
६३. गंगालाल तुलाधार
६४. गोकुल घर्ती
६५. गणेशमान गुरुङ
६६. छेवाङ छेन्जन तामाङ
६७. नरबहादुर थापा
६८. तुलबहादुर गुरुङ
६९. हर्कगोल राई
७०. इच्छाराज तामाङ
७१. महेन्द्र शेरचन

जनजाति महिला
७२. महिन लिम्बु
७३. अष्टलक्ष्मी शाक्य
७४. श्रीमाया थकाली
७५. जयन्ती राई
७६. लीला मगर
७७. दिलशोभा पुन
७८. सिन्धु जरोशा
७९. नरदेवी पुन
८०. प्रभा बज्राचार्य
८१. तारा राई
८२. शकुन्तला राजभण्डारी
८३ मधु गुरुङ (रत्नादेवी)
८४. पेम्बा लामा

 दैनिक नेपाल