समानुपातिकमा अन्याय भएको भन्दै माओवादी पार्टी कार्यालय तोडफोड

578 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, पुस १६ – पार्टीका पुराना नेता कार्यकर्तालाई पाखा लगाई नवप्रवेशीलाई सभासद वनाउन पहिलो प्राथमिकता दिएको भन्दै धादिङका एमाओवादी कार्यकर्ताहरुले आफ्नै पार्टी कार्यालयमा तोठफोड र आगजनी गरेर विरोध जनाएका छन ।

प्रत्यक्षतर्फ धादिङका तीनवटै निर्वाचन क्षेत्रमा पराजित हुन पुगेको एकीकृत नेकपा माओवादीले धादिङ जिल्लावाट एक जनालाई पनि समानुपातिकमा नपारेपछि आक्रोशित कार्यकर्ताहरुले धादिङबेसीस्थित जिल्ला सम्पर्क कार्यालयमा तोडफोड र आगजनी गरेका हुन ।

पार्टीको निर्णयप्रति असन्तुष्टि राख्दै विरोधमा उत्रिएका एमाओवादी कार्यकर्ताहरुले कार्यालयमा रहेको काठको तीन वटा कुर्सी,एक थान टेवल र कागजपत्र कार्यालय वाहिर निकालेर जलाएका हुन ।

पार्टीले पुराना नेता कार्यकर्तालाई वेवास्ता गरेको भन्दै युवाहरुको समुहले कार्यालयमा प्रवेश गरी फर्निचर र कागजपत्र वाहिर निकालेर तोडफोड गर्दै आगजनी गरेका हुन । मंगलवार विहान १० वजे तिर भएको कार्यालयमा जम्मा भएका युवाहरुले पार्टी केन्द्रको निर्णय अव्यवहारिक भएको भन्दै विरोध जनाएका थिए । धादिङ जिल्लावाट समानुपातिक कोटामा जिल्लाका पुराना माओवादी नेता रामवहादुर भण्डारी र ओमनाथ शर्मा ढुङगानालाई सिफारिश गरेको भएपनि दुवै जना अन्तिम सिफारिसमा नपरेपछि कार्यकर्ताहरु आक्रोशित भएका हुन ।

जिल्लावाट एक जना पनि समानुपातिक सुचिमा नपरेपनि निर्वाचन भन्दा केही दिन अघि एमाओवादी प्रवेश गरेका धादिङ पुख्र्यौली घर भएका नेपाल प्रहरीका पूर्व प्रमुख रविन्द्रप्रताप शाह भने समानुपातिक कोटावाट एमाओवादीको सभासद वन्न सफल हुनु भएको छ । समानुपातिकमा नाम भएर पनि अन्तिम सुचिमा नपरेका भण्डारी शहिद तथा बेपत्ता परिवारका हुनुहुन्छ । भण्डारीका दुई छोरा जनयुद्धका क्रममा राज्यवाट वेपत्ता पारिएकोमा अहिलेसम्म अवस्था खुल्न सकेको छैन भने भण्डारी स्वयं जनयुद्धका क्रममा गोलि लागेर घाइते हुनु भएको थियो ।

शर्मा भने नेपाल पत्रकार महासंघका महासचिव हुनुहुन्छ । शर्मा पनि भुमिगत कालका सक्रिय कार्यकर्ता एवम शहिद परिवारका सदस्य हुनुहुन्छ । शर्माका दाजु धुव्र ढुङगानाको पनि जनयुद्धकालमा प्रहरी कारवाहीमा ज्यान गएको थियो ।

कार्यालय तोडफोड तथा फर्निचर जलाएपछि वन्द रहेको कार्यालय खुलाईएको छैन । घटनाका बिषयमा पार्टीको आधिकारिक प्रतिकृया आउन सकेको छैन । एमाआवोदी निकट वाइसिएल २ नम्बर क्षेत्रीय कमिटीले बिज्ञप्ति जारी गर्दै सभासद चयनमा अन्याय गरिएको भन्दै पार्टी नेतृत्वको विरोध जनाएको उज्यालो अनलाईनले खबर लेखेको छ । ।