बृहत कृषि पर्यटन तथा धादिङ औद्योगिक व्यापार मेला २०७० को तयारी तीव्र

942 पटक पढिएको

प्रकाशित मिति: २०७०, १९ पुष शुक्रबार १६:१२

सम्पादक: Dhadingnews.com

 

 

उद्योग वाणिज्य संघ धादिङद्धारा मिति २०७० माघ १५ देखी २३ सम्म आयोजना हुन लागेको बृहत कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला धादिङ–२०७० धादिङबेसी, धादिङ
सहभागी बनौ , सफल पारौं
उद्योग वाणिज्य संघ धादिङद्धारा मिति २०७० माघ १५ देखी २३ सम्म आयोजना हुन लागेको बृहत कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला धादिङ–२०७० धादिङबेसी, धादिङ

धादिङ -आगामी माघ १५ देखि २६ गतेसम्म धादिङबेसीमा संचालन हुन लागेको बृहत कृषि पर्यटन तथा धादिङ औद्योगिक व्यापार मेला २०७० को तयारी तीव्र पारिएको छ ।
उद्योग वाणिज्य संघ धादिङको आयोजनामा हुन लागेको मेला व्यवस्थापनका लागि विभिन्न २३ वटा उपसमितिहरु गठन गरि तयारी तीव्र पारिएको मेला मुल आयोजक समितिले जनाएको छ । कृषि, उद्योग र पर्यटनको व्यापक संभावना, सवृद्ध धादिङ हाम्रो परिकल्पना भन्ने मुल नारा सहित ११ दिनसम्म संचालन हुने मेला मुल आयोजक समितिले शुक्रवार पत्रकार सम्मेलन गरेर मेलाको बारेमा जानकारी गराएको हो ।
जिल्लाको आन्तरिक बजार सवलीकरणका लागि व्यवसायिक उत्थान तथा निकासी योग्य वस्तुमा जोड दिएर आयोजना गरिएको मेलाबाट पाँच करोडको कारोबार गर्दै एक लाख भन्दा बढि दर्शक भित्र्याउने लक्ष्य लक्ष्य लिइएको आयोजकले दावी गरेको छ । मेलाबाट जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रवर्धनमा टेवा रहेको उद्योग वाणिज्य संघकी अध्यक्ष कल्पना अधिकारीले बताउनुभयो । मेलामा हस्तकला, दैनिक उपभोग्य सामान, कृषि तथा जडिबुटी, निर्माण सामाग्री, अटोमोवाइल, हस्तकला तथा छालाका सामानहरु, कृषि प्रदर्शनी, लगायत विभिन्न कृषि प्रविधि प्रदर्शनी तथा विक्रि गर्ने व्यवस्था मिलाइएको उहाले बताउनुभयो । कृषि, शैक्षिक सस्था, घरेलु उद्योग लगायत प्रदर्शनी र विक्रिका लागि प्राथमिकतामा राखेर स्टल बुकिङ सुरु भएको पनि अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । मेला अवधिमा औद्योगिक प्रदर्शनी तथा खरिद विक्रि, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरिद विक्रि, तरकारी तथा दुग्धका परिकारहरु मुख्य आकर्षण हुने भन्दै दर्शकहरुको मनोरञ्जनका लागि स्तानीय भेषभुषा र विविध झाँकीहरु सहितको सास्कृतिक कार्यक्रमहरु हुने आयोजकले जानकारी गराएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, १९ पुष शुक्रबार १६:१२ मा प्रकाशित