‘एक हातमा संविधान, अर्कोमा विकास’
612 पटक पढिएको

धादिङ, – जिल्लाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने एमालेका चारै सभासदले एकै मञ्चबाट निर्वाचनका बेला बाँडिएको आश्वासन पूरा गर्ने प्रतिबद्धता दोहोर्यालएका छन्। धादिङमा चारैजना एमालेबाट समानुपातिक कोटामा पूर्वमन्त्री गंगालाल तुलाधर, प्रत्यक्षमा पूर्वमन्त्री राजेन्द्र पाण्डे (३ नम्बर), पोलिटब्युरो सदस्य धनबहादुर घले (१ नम्बर) र गुरुप्रसाद बुर्लाकोटी (२ नम्बर) निर्वाचत भएका छन्।
पूर्व स्थानीय विकासमन्त्रीसमेत रहेका पाण्डेले कार्यक्रममा भने, ‘पहिले एक वर्षभित्र बहुपहिचानसहितको संघीय संविधान बनाउँछौं। साथसाथै क्षेत्रदेखि केन्द्रसम्म काम बाँडफाँट गरेर विकास निर्माणका काम अघि बढाउँछौं।’
एमालेले चुनावमा जाँदा आफ्नो नेतृत्वको सरकार बने गाविसलाई ५० लाख विकास बजेट, सामाजिक सुरक्षा भत्ता ५ सयबाट बढाएर एक हजार र निर्वाचन क्षेत्र विकासमा ५ करोड रुपैयाँ पठाउने प्रतिबद्धता जनाएको थियो।
‘हामी सरकारमा नगए पनि यी काम पूरा गराउन वार्ता, छलफलदेखि सबै खालका लडाइँ लड्न तयार छौं,’ पाण्डेले भने।
तुलाधरले मतदातालाई संविधान लेखिने ग्यारेन्टी गरे। ‘अघिल्लोपटक संविधान नबनाउनेहरु संविधानसभामा थोरै संख्यामा छन्, बनाउन चाहने एमाले–कांग्रेसको संख्या धेरै छ। त्यसैले ६ महिनाभित्र संविधानको खाका बाहिर ल्याएर एक वर्षभित्र जनताको हातमा संविधान पुर्याेउँछौं।’ समयमै संविधान लेख्न नदिए भण्डाफोर गर्ने उनले बताए।
‘एक हातमा संविधान र अर्को हातमा विकास थमाउन हामी तयार छौं,’ उनले भने।
बुर्लाकोटीले पनि स्थनीय निकाय निर्वाचन जित्न सक्रियतापूर्वक लाग्न कार्यकर्तालाई निर्देशन दिँदै चुनावका बेला दिएका बचनमा आफू प्रतिबद्ध रहेको दोहोर्यावए। घलेले आफू संविधानसभा बैठकमा आवश्यक परेका बेलामात्र जाने बताउँदै जनताको विकासमा अहोरात्र खटिइरहने बताए। ‘जिल्लाबाट निर्वाचित मेरा अग्रज नेताहरुले संविधान लेख्ने जिम्मेवारी लिनुहुन्छ, म जनताको घरदैलोमा विकास निर्माण र जनताको समस्यामा साथ दिन पुलको काम गर्नेछु,’ उनले भने।
एमालेका बाहेक धादिङबाट कांग्रेसका दिलमान पाखि्रन, राप्रपाका परशुराम तामाङ र एमाओवादीले पूर्व आइजिपी रवीन्द्रप्रताप शाहलाई सभासद बनाएको छ।

-नागरिकन्युज डट कम बाट
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७०, २१ पुष आईतवार ०६:१४ मा प्रकाशित