संविधान नबनेसम्म आर्थिक विकास असम्भव– अध्यक्ष सुरज बैद्य

696 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२६ पुस -नेपालको संविधान विश्वकै महंगो संविधानमा परिणत हुन लागेकाले एक वर्ष भित्रमा संविधान निर्माण गरिसक्ने प्रतिबद्धता पुरा गर्न नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले आग्रह गरेका छन । SAM_0914
संविधान सभाका लागि अहिले सम्म ३ सय अरव रुपैया खर्च भईसकेको भएपनि उपलव्धि भने प्राप्त नभएकाले अवका दिनमा दलहरुले संविधान निर्माणकार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढे मुलुकमा आर्थिक विकास र सामाजिक परिवर्तन सम्भव भएको बैद्यले वताएका छन ।
धादिङ उद्योग वाणिज्य संघको २० औं साधारण सभाको शुक्रवार धादिङबेसीमा उदघाटन गर्दै अध्यक्ष बैद्यले देशको आर्थिक विकासका लागि स्थायी सरकार र शान्ति सुरक्षा पहिलो प्राथमिकता भएको उनको भनाई थियो । मुलुकले समयमै संविधान नपाउंदा राज्यको विकासमा खर्च गर्नुपर्ने अरवौं रकम संविधान सभाका लागि खर्च भईरहेकाले दलहरु जुधेर होइन मिलेर अघि बढेमा आर्थिक विकासका लागि लगानी गर्न नेपाली उद्यमी व्यवसायी तयार रहेको उनले वताए । धादिङ जिल्लामा तरकारीखेतीको व्यवसायिक विकासका निम्ति नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारसंग मिलेर ‘एक जिल्ला एक उत्पादन ’कार्यक्रम अन्र्तगत धादिङ जिल्लामा यसै बर्ष देखि सार्वजनिक निजि साझेदारी मोडलमा तरकारी प्रशोधन केन्द्र स्थापना गर्न लागेको वैदले वताए । उद्योग सञ्चालनका लागि सरकार,महासंघ र स्थानीय कृषकका बिच साझेदारी गरिने वताईएको छ । धादिङ जिल्लावाट बार्षिक ३० करोड रुपैया भन्दा बढीको तरकारी बिक्री हुंदै आईरहेको छ भने काठममाण्डौको वजारमा ३० प्रतिशत तरकारी धादिङ जिल्लाले धानिरहेको पनि अध्यक्ष बैद्यले वताए ।
जिल्लामा क्रियाशिल दुईवटा उद्योग वाणिज्य संघका बिषयमा लक्षित गर्दै अध्यक्ष बैद्यले भने–जवसम्म जिल्ला भित्र रहेको निजि क्षेत्रले एउटै भाषा वोल्दैन तव सम्म जिल्लाको आर्थिक विकास,उन्नती र परिवर्तन सम्भव छैन । धादिङका दुईवटा उद्योग वाणिज्य संघलाई एउटै वनाउन आंफुले पटक पटक प्रयत्न गरेपनि सफलता नमिलेको भएपनि प्रयत्न जारी राखिरहेको उनले वताए ।
धादिङ उद्योग वाणिज्य संघमा सदस्यता बितरण, नविकरण लगायतका बिषयमा राजनैतिक आस्थाका आधारमा व्यवहार भएको भन्दै नेवाली कांग्रेस र नेकपा एमाले समर्थित उद्यमी व्यवसायीहरुले संघको सदस्यता त्यागेर एक वर्ष अघि उद्योग वाणिज्य संघ धादिङको गठन गरेका थिए । समान नामका दुईवटा सस्था जिल्लामा सक्रिय भएपछि जिल्लाका उद्यमी व्यवसायी समेत अन्यौलमा पर्दै आईरहेका छन । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीको अध्यक्षतामा शुरु भएको साधारण सभाको उदघाटन कार्यक्रममा जिल्लामा कृयाशिल राजैनिकत दलका प्रतिनिधि तथा सरकारी निकायका प्रमुख एवम प्रतिनिधिहरुले सम्वोधन गरेका थिए ।
वार्षिक साधारण सभाको उदघाटन गर्नु अघि अध्यक्ष धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागि हुंदै रक्तदान गरेका थिए । सामाजिक हितका निम्ति सबैले रक्तदान गरिनुपर्ने बैद्यले वताए ।