सभासद गंगालाल तुलाधरलाई धादिङबेसीमा सम्मान

927 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ-समानुपातिक तर्फवाट संविधान सभा सदस्यमा निर्वाचित सभासद गंगालाल तुलाधरलाई धादिङबेसीमा सम्मान गरिएको छ ।SAM_0931 SAM_0936 SAM_0930
राष्ट्रसेवक बहुउद्धेश्यीय सहकारी सस्थाको सातौं बार्षिक साधारण सभा तथा नेपाल निजामति कर्मचारी संगठन धादिङको जिल्ला परिषदको अवसर पारेर सभासद तुलाधरलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । निजामति कर्मचारी संगठन धादिङका अध्यक्ष कृष्णलाल उप्रेतीले सभासद तुलाधरलाई दोसल्ला र मायाको चिनो दिएर सम्मान गर्नुभएको थियो । तुलाधर नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम पुर्व शिक्षा मन्त्री हुनुहुन्छ ।
राष्ट्रसेवक बहुउद्धेश्यीय सहकारी सस्थाको सातौं बार्षिक साधारण सभा तथा नेपाल निजामति कर्मचारी संगठन धादिङको जिल्ला परिषदको सभासद तुलाधरले शनिवार धादिङबेसीमा संयुक्त रुपमा उदघाटन गर्नुभएको थियो । कार्यक्रममा संगठनका बरिष्ठ उपाध्यक्ष केदारप्रसाद देवकोटा,सभासद गुरुप्रसाद बुर्लाकोटी, नेकपा एमाले धादिङका अध्यक्ष खेमप्रसाद लोहनी,नेपाल बुद्धिजिवि परिषद धादिङका अध्यक्ष इन्द्रकुमार श्रेष्ठ ,जिल्ला सहकारी संघका सचिव शान्तबिक्रम वानिंया लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रम सहकारी संस्थाका अध्यक्ष मानवहादुर श्रेष्ठ र संगठनका अध्यक्ष कृष्णलाल उप्रेतीको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो ।

zp8497586rq