मध्यमान्चल छनौट चेस जारी

794 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ्गबेसी, २८ पुस । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप– २०७० अन्र्तगत मध्यमान्चल क्षेत्रीय चेस छनौट प्रतियोगिताको दोश्रो दिन चार जना खेलाडीहरु समान साढे तीन अंकका साथ संयुक्तरुपमा अग्रस्थानमा रहेका छन् । chess day 2जसमा काठमाण्डौका नविन तण्डुकार, भक्तपुरका गणेशमान दुवाल, ललितपुरका सजिन महर्जन र धनुषाका हिमाल लामा रहेका छन् । त्यसैगरी ३ अंक प्राप्त गर्ने खेलाडीहरुमा काठमाण्डौका प्रेमकृष्ण महर्जन, सुरज पण्डित, भक्तपुरका दामोदर गाईंजु, ललितपुरका रत्न ब्यन्जनकार, अशोकमोहन श्रेष्ठ, मकवानपुरका धरमबहादुर लामा र रौतहटका पुरुषोत्तम चौलागाईं रहेका छन् ।

विश्व बुद्धिचाल महासंघ फिडेको स्वीकृतीमा रेटिङ्गसहित संचालित खेलमा काठमाण्डौका जनार्दन श्रेष्ठ, सर्लाहीका रविन्द्रबहादुर थापा, कमल श्रेष्ठ, भक्तपुरका प्रज्वलराज राजोपाध्याय र मकवानपुरका राजन थापामगरले समान साढे दुई अंक प्राप्त गरी तेश्रो स्थानमा रहेका छन् । त्यसैगरी आयोजक धादिङ्गका सुदिप श्रेष्ठ र पूर्णमान श्रेष्ठले दुई अंक प्राप्त गरेका छन् ।
नेपाल बुद्धिचाल संघको आयोजना र धादिङ्ग जिल्ला बुद्धिचाल संघको ब्यवस्थापनामा संचालित चार दिने प्रतियोगितामा १४ जिल्लाका ४४ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

zp8497586rq