मध्यमाञ्चल क्षेत्रीय स्तरको तेक्वान्दो प्रतियोगिता हुंदै

678 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ-धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा मध्यमाञ्चल क्षेत्रीय स्तरको तेक्वान्दो प्रतियोगिताको आयोजना हुने भएको छ । imagesनेपाल तेक्वान्दो संघ धादिङ जिल्ला समितिको आयोजनामा आगामी माघ ३ र ४ गते धादिङबेसीमा मध्यमाञ्चल क्षेत्रीय स्तरको तेक्वान्दो प्रतियोगिताको आयोजना हुने भएको हो । प्रतियोगितामा मध्यमाञ्चल विकास क्षेत्रका १९ जिल्लाबाट छनौट भएर आएका खेलाडीहरुका बिच प्रतिस्पर्धा हुने धादिङ जिल्ला समितिका उपाध्यक्ष रमेशमान तुलाधरले जानकारी दिनुभएको छ ।