मध्यमान्चल छनौट चेसको सातौं चरण

519 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, २९ पुस- धादिङमा जारी रहेको प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप– २०७० अन्र्तगत मध्यमान्चल क्षेत्रीय चेस छनौट प्रतियोगिताको तेश्रो दिन सातौं चरणको समाप्तिमा ९ जना खेलाडीहरु समान पाँच अंकका साथ संयुक्तरुपमा अग्रस्थानमा रहेका छन् । जसमा काठमाण्डौका नविन तण्डुकार, प्रेमकृष्ण महर्जन, जनार्दन श्रेष्ठ, भक्तपुरका गणेशमान दुवाल, ललितपुरका सजिन महर्जन, रत्न ब्यन्जनकार, मकवानपुरका धरमबहादुर लामा, रौतहटका पुरुषोत्तम चौलागाईं र धनुषाका हिमाल लामा रहेका छन् ।
त्यसैगरी साढे चार अंक प्राप्त गरी संयुक्त दोश्रो स्थानमा रहन सफल खेलाडीहरुमा काठमाण्डौंका सुरज पण्डित, भक्तपुरका बलराम नापित, ललितपुरका अशोकमोहन श्रेष्ठ र चितवनका सन्तोष गौतम रहेका छन् ।

नेपाल बुद्धिचाल संघको आयोजना र धादिङ जिल्ला बुद्धिचाल संघको ब्यवस्थापनामा संचालित चार दिने प्रतियोगिताबाट उत्कृष्ठ दशजना खेलाडीहरु यहि माघ ६ गतेदेखि १० गतेसम्म बनेपा, काभ्रेमा हुने १८औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा छनौट हुनेछन् ।

zp8497586rq