महोत्सवको तयारीमा आयोजकहरु व्यस्त

688 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी

२०७० माघ १५ गते देखी २३ गते सम्म धादिङबेसी जाऔं
२०७० माघ १५ गते देखी २३ गते सम्म धादिङबेसी जाऔं

धादिङ– एक महिनाको फरकमा समान उद्धेश्यका दुईवटा जिल्ला स्तरीय महोत्सव गर्ने तयारीमा जुटेका धादिङका उद्यमी व्यवसायीहरुको दुईवटा सस्थालाई तयारीको चटारो पनि बढ्दै गएको छ । जिल्लामा समान उद्धेश्यका दुईवटा उद्योग वाणिज्य संघ सक्रिय रहेका कारण दुईवटै संघले एक महिनाको फरकमा धादिङ जिल्लास्तरीय महोत्सवको आयोजना गर्न लागेका हुन । SAM_0008 SAM_0003 SAM_0005 SAM_0006
धादिङ उद्योग वाणिज्य संघवाट अलग्गिएका व्यवसायीहरुको सक्रियतामा एक बर्ष अघि स्थापना भएको उद्योग वाणिज्य संघ धादिङले यहि माघ १५ देखि २३ सम्म धादिङबेसीमा ‘बृहत्त कृषि,पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७०’को आयोजना गर्ने भएको छ । सदरमुकाम धादिङबेसीमा हुन लागेको मेलामा तयारीमा जुटेको उद्योग वाणिज्य संघ धादिङले मेलास्थल धादिङबेसी खुल्लामञ्चमा स्टल तथा मञ्च निर्माण कार्यलाई अन्तिम अवस्थामा पु¥याईसकेको छ ।
दुईवटा प्रमुख राजनैतिक दल नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा स्थापना भई संचालनमा रहेको नयाँ संघले सदरमुकाममा मेलाको तयारीलाई तिव्रपार्दै लगेको भएपनि मेलाको मिति नजिकिंदै जांदा प्रचार प्रसारका कार्य भने सोचेजस्तो हुन नसकेको आयोजकहरुनै वताउंछन । धादिङबेसीमा हुने मेलामा कृषि प्रदर्शनी,दुग्धजन्य पदार्थको प्रदर्शनी तथा बिक्री,जिल्लामा रहेका पर्यटकीय सम्भावनाहरुको प्रचार प्रसार एवम प्रवद्र्धन,स्थानीय ,राष्ट्रिय तथा अन्र्तराष्ट्रिय औद्योगिक बस्तुहरुको प्रदर्शनी तथा बिक्री,हस्तकला तथा विभिन्न घरेलु सामाग्रीको प्रदर्शनी तथा बिक्री गरिने आयोजकहरुले वताएका छन । यसैगरी मेलाको अवसरमा राष्ट्रिय तथा स्थानीय ख्यातीप्राप्त कलाकारहरुवाट दैनिक सांस्कृतिक प्रस्तुतिका साथै जिल्लालाई झल्काउने विविध झांकी,जातिय खानाका परिकारहरु,जातिय भेषभुषा लगायत मेलाको मुख्य आकर्षण रहने आयोजकहरुको दावी छ ।
सदरमुकामममा ‘बृहत्त कृषि,पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७०’ सम्पन्न भएको एक महिनामै फागुन महिनाको १७ गते देखि २५ गते सम्म पिडा गाविसको गलौंदी स्थित त्रिशूली नदी किनारमा ‘राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सव २०७० ’ हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघले दुई बर्ष अघि पनि सोही स्थानमा बृहत्त धादिङ कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला सम्पन्न गरेको थियो । सदस्यता बितरण र पुरानो सदस्यता नविकरणमा राजनैतिक आस्थाका आधारमा रोक लगाईएको,गैर उद्यमी व्यवसायीलाई संघको सदस्यता दिएको लगायतका बिषयमा असहमती जनाउँंदै गत बर्षको मंसिरमा धादिङ उद्योग वाणिज्य संघको अधिबेशनको समयमा सदस्यता परित्याग गरेकाहरुवाट उद्योग वाणिज्य संघको गठन गरिएको हो । धादिङ उद्योग वाणिज्य संघले एकीकृत नेकपा माओवादी र नेकपा माओवादीको समर्थन पाएको छ भने उद्योग वाणिज्य संघलाई नेपाली काँग्रेस र नेकपा एमालेले समर्थन जनाएका छन ।कृषि,उद्योग र पर्यटनको व्यापक सम्भावना ,सम्वृद्ध धादिङ हाम्रो परिकल्पना’ भन्ने नारा लिएको बृहत कृषि,पर्यटन तथा औद्योगिक व्यापार मेला २०७० मा जिल्लाका निकासी योग्य कृषि उत्पादनहरु कफी, अदुवा, फलफुल तरकारी, कृषि औजार सामाग्रीहरु, हस्तकला, घरायसी उपभोगका सर सामानहरु, खाद्य परिकारहरु,शैक्षिक तथा पर्यटकिय महत्वलाई प्राथमिकता दिने संघका अध्यक्ष कल्पना अधिकारीको भनाई छ । सदरमुकाममा हुने महोत्सवमा बाल उद्यान्नका साथै प्रत्येक दिन स्थानीय तथा राष्ट्रियस्तरका गीत, नृत्य, दोहोरी गीतहरुको प्रस्तुती हुने वताईएको छ ।
त्रिशूली नदीको किनारमा हुन लागेको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सव २०७० मा पर्यटन,कृषि र जिल्लाको ब्यापार प्रबद्र्धनमा जोड दिइने धादिङ उद्योग वाणिज्य संघले जनाएको छ । DSC02805बर्षभरीनै जलयात्राका लागि उपयुक्त मानिएको त्रिशूली नदीमा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिती बढाउन महोत्सवले सघाउ पु¥याउने संघका पुर्व अध्यक्ष ध्रुववहादुर थापाको भनाई छ । पानी दिवसको अवसर पारेर आयोजना गरिएको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सव २०७०ले धादिङ जिल्लालाई विश्वभर चिनाउने आयोजकहरुको दावी छ ।

buy papers online

765qwerty765