धादिङबेसीमा मध्यमाञ्चल तेक्वान्दो

631 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ÷प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप– २०७० अन्र्तगत मध्यमान्चल क्षेत्रीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखी धादिङबेसीमा सुरु भएको छ । images
शुक्रबार सम्पन्न गेरो गि अन्तर्गत ६ वटा खेल सम्पन्न भएको छ । पुरुष ५४ केजी मुनीको खेलमा काभ्रेका ताराकुमार रायमाझी पहिलो, बाराका राजेन्द्र खड्गी दोस्रो, चितवनका शेखर उप्रेती र रामेछापका कृष्ण लामाले तेस्रो स्थान हासिल गरेका छन् । त्यस्तै पुरुष ६३ केजी मुनीको खेलमा काठमाडौंका सकुमार बस्नेत पहिलो, बाराका अमित सिंह दोस्रो, पर्साका पुरुषोत्तम मानन्धर र सिन्धुपाल्चोकका साजन महर्जन तेस्रो भएको आयोजकले जनाएको छ ।
महिला ४९ केजी मुनीको खेलमा चितवनकी पार्वती गुरुङ पहिलो, काठमाडौंकी अस्मिता खड्का दोस्रो, मकवानपुरकी पार्वती बर्तौला र ललितपुरकी रेश्मा थापाले तेस्रो स्थान हात पारेका छन् ।
पुरुष ८७ केजी माथिको खेलमा ललितपुरका अर्जुन महर्जन पहिलो, मकवानपुरका मानबहादुर वाइवा दोस्रो र काठमाडौंका भैरव कार्कीले तेस्रो स्थान हासिल गरेका छन् । त्यस्तै पुरुष ८० केजी मुनीको खेलमा काठमाडौंका दुर्गा थापा पहिलो, भक्तपुरका ओतबहादुर ढकाल दोस्रो, पर्साका सानु तामाङ र ललितपुरका कृष्ण कुँवर तेस्रो भएका छन् ।
पुरुष ७४ केजी मुनीको खेलमा काठमाडौंका सक्षम कार्की पहिलो, मकवानपुरका ओमकुमार मोेक्तान दोस्रो, नुवाकोटका जुर्वुज राई र ललितपुरका सोमबहादुर स्याङ्वोले तेस्रो स्थान हासिल गरेका छन् ।
शुक्रबार धादिङ जिल्ला कार्यसमितिको आयोजनामा जिल्ला सदरमुकाम धादिङबेसीमा सुरु भएको प्रतियोगिता एमाले पोलिटव्युरो सदस्य एवं धादिङ ३ का सभासद राजेन्द्र प्रसाद पाण्डेले उद्घाटन गरेका थिए । सहायक प्रशिक्षक बदी घिमिरेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख प्रशिक्षक दिपराज गुरुङ, एमाले धादिङका उपाध्यक्ष भुमी त्रिपाठी, एमाओवादीका विजय बुर्लाकोटी, नेकपा–माओवादीका रामबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
शुक्रबार र शनिबार दुई दिन सम्म चल्ने प्रतियोगितामा मध्यमाञ्चलका १७ जिल्लाका तीन सय खेलाडी र ५० जना अफिसियल प्रशिक्षकहरु सहित साँढे तीन सय जनाको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष बद्री घिमिरेले जानकारी दिए ।
गेरोगी अन्तर्गत पुरुष तर्फ ५४, ५८, ६३, ६८, ७४, ८०, ८७ केजी मुनी र ८७ केजी माथिका गरी आठ समुह समावेश गरिएको छ । गेरोगी महिला तर्फ ४६, ४९, ५३, ५७, ६२, ६७, ७३ केजी मुनी र ७३ केजी माथिका गरी आठ समुहमा खेलाइनेछ ।do my essay for cheap
पुङसे अन्तर्गत १६, १९ र २५ वर्ष मुनीका खेलाडीले सहभागिता जनाएको आयोजकले जनाएको छ । मध्यमाञ्चल क्षेत्रिय खेलमा पहिलो हुनेले आगामी माघ १२–१५ मा भैरहवामा हुने प्रथम लुम्विनी राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउन पाउने प्रशिक्षक कुमार घिसिङ लामाले जानकारी दिए ।

765qwerty765