त्रिशूली नदीमा जलयात्रा र सरसफाई
905 पटक पढिएको
जरेवर ( धादिङ),- नेपाल एसोशिएसन अफ ¥याफ्टिङ एजेन्टस (नारा)को संयोजनमा आईतबार धादिङको पिडा गाविस जरेवर स्थित त्रिशुली नदीवाट त्रिशूली नदी सरसफाईका लागि जलयात्रा कार्यक्रम सम्पन्न भएको छ ।
नेपालको पर्यटन उद्योगकोे महत्वपुर्ण अंगको रुपमा मानिएको त्रिशूली नदीको जलयात्रा केही समय यता नदीमा बढ्दै गएको फोहोर तथा प्रदुषणले प्रभावित हुन थालेपछि नाराको संयोजनमा आईतवार त्रिशूली नदीमा जलयात्रा तथा नदी सरसफाई कार्यक्रम आयोजना गरिएको हो ।
नाराको संयोजनमा सम्पन्न भएको कार्यक्रममा नेपाल पर्यटन वोर्ड,त्रिशूली बचाउ साझा अभियान,हिमालय रिभर गाईड एशोसियसन नेपाल,नेपाल कायक क्लव,नेपाल राफ्टिङ एण्ड क्यानेनिङ एशोसियशन,नेपाल नदी संरक्षण ट्रष्ट तथा जिल्ला विकास समिति धादिङ र धादिङ उद्योग वाणिज्य संघको साझेदारी रहेको थियो । २१ वटा वोटमा सवार भएका २ सय ५० जना जलयात्रीले त्रिशूली नदीको पांच किलोमिटर दुरीमा जलयात्रा गर्दै नदी सरसफाई गरेका थिए । कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव शुसिल घिमिरे, पर्यटन महाशाखाका सह सचिव मधुसुदन बुर्लाकोटीका साथै धादिङ, चितवन र गोरखा जिल्लाका स्थानीय प्रशासन,सुरक्षा निकायका साथै विभिन्न सञ्चार माध्यमका प्रतिनिधि, विभिन्न कार्यालयका कर्मचारी, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।
नेपालमा साहसिक जलयात्रा पर्यटनको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले सन् १९८९ मा स्थापना भएको नेपाल एसोशिएसन अफ ¥याफ्टिङ एजेन्टस (नारा) ले देशभरीका जलयात्राका लागि उपयुक्त नदी जोगाउन अभियान संचालन गर्दै आईरहेको छ ।
काठमाण्डौबाट नजिक पर्ने, र ¥¥याफ्टिङको लागि पनि उपयुक्त नदी भएका कारण त्रिशुली नदीलाई छानिएको नाराका अध्यक्ष चन्द्रवहादुर दहालको भनाई छ । पर्यटन विकासमा विस्तार गर्ने लक्ष्यका साथ जलयात्रा तथा नदी सरसफाई कार्यक्रम आयोजना गरिएको दहालले वताए । त्रिशुली नदिमाथि भएको अतिक्रमण रोक्न र यसबाट हुने प्रचुर सम्भावनालाई ध्यानमा राखेर त्रिशुली बचाउ साझा अभियान क्रियाशिल रहेकोले अव अरु निकायले पनि साथ दिनुपर्ने संस्थाका अभियन्ता उत्तम कडेंलले बताएका छन ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७०, ५ माघ आईतवार १५:५४ मा प्रकाशित