मेलाको प्रचार प्रसार तीव्र

611 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 धादिङ ६,माघ  –आगामी माघ १५ गतेदेखि २३ गतेसम्म हुन लागेको कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाका लागि प्रचार प्रसार कार्य तीव्र पारिएको छ ।1524787_1395535804036722_612174373_n

प्रचार प्रसार गर्ने क्रममा सोमवार धादिङबेसी बजारका व्यवसायीसँग मेलाका बारेमा प्रचार प्रसार तथा सहयोगका कार्यक्रम गरिएको छ । साथै धादिङबेसी बजारका विभिन्न व्यावसायीहरुसँग सहकार्य गरी मेलाका लागि आवश्यक आर्थिक सहयोग जुटाउन पहल गरिएको छ ।
प्रचार प्रसारकै क्रममा सोमवार धादिङबेसी तथा राजमार्गका क्षेत्रहरुमा व्यानर तथा भित्ताहरुमा रङरोगन कार्य भईरहेको उद्योग वाणिज्य संघ धादिङले जानकारी दिएको छ ।

धादिङबेसीको खुल्लामञ्चमा माघ १५ गतेदेखि २३ गतेसम्म हुने बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको प्रवेशद्धार, स्टल निमार्ण कार्य तथा स्टेज निमार्ण कार्य भईरहेको छ ।
नौ दिनसम्म चल्ने मेलामा दैनिक उपभोग्य सामान, अटोमोबाइल, कृषिजन्य तथा जडिबुटी, मदिरा तथा सुर्तिजन्य सामग्ी, हस्तकला तथा छालाका सामानहरु, सुचना प्रविधि, गारमेन्ट, कृषि प्रविधि प्रदशनी लगायतका बस्तुहरु प्रदर्शन गरिनेछ ।
धादिङ जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग , व्यापार,कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गर्न लागेको मेलामा ५ करोड बराबरको कारोबार हुने र एक लाख दर्शक भित्रयाउने आयोजकको दाबी छ ।

zp8497586rq