मेलामा गुन्द्रुक, ढिंडो, चमेरोको मासु तथा चेपाङ परिकार

741 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी-बुधवार देखि धादिङबेसीमा सञ्चालन हुने बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०७० मा गुन्द्रुक, ढिंडो, चमेरोको मासु तथा चेपाङ परिकार प्रमुख आकर्षण हुने मेला आयोजक समितिले जानकारी दिएको छ ।

माघ १५ गते देखी २३ गते सम्म धादिङबेसी जाऔं-बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०७० मा सहभागी बनौं
माघ १५ गते देखी २३ गते सम्म धादिङबेसी जाऔं-बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०७० मा सहभागी बनौं

“कृषि, उद्योग र पर्यटनको व्यापक संभावना, सम्बृद्ध धादिङ हाम्रो परिकल्पना” भन्ने नाराका साथ माघ १५ देखि २३ गतेसम्म सञ्चालन हुने मेलामा नेपाली ढाकाका बस्तुहरु, दैनिक उपभोग्य सामान, अटोमोबाइल, कृषिजन्य तथा जडिबुटी, मदिरा तथा सुर्तिजन्य सामग्री, हस्तकला तथा छालाका सामानहरु, सुचना प्रविधि, गारमेन्ट, कृषि प्रविधि प्रदर्शनी, निमार्ण सामग्री, पर्यटन, इलेक्ट्रोनिक सामग्रीहरु रहनेछन् ।
मेला आउन अब दुई दिन बाँकी रहदा समितिले अहिले आ आफ्नो जिम्मेवारीलाई अन्तिममा पु¥याएका छन् । बजार वरपरका सरसफाई, तुल व्यानर टाग्ने कार्य अन्तिम चरणमा पुगेको छ भने रमाइलो मेला निमार्ण कार्य पनि सकिएको आयोजक संस्था उद्योग वाणिज्य संघ धादिङले जानकारी दिएको छ ।

धादिङ जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थान गर्नका लागि कृषि, उद्योग, व्यापार, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गर्न लागेको मेलामा ५ करोड बराबरको कारोबार हुने आयोजकको दाबी  छ ।  एक लाख भन्दा बढी दर्शक भित्रयाउने लक्ष्य राखेको मेलामा रहेको सामानको सुरक्षाका लागि सिसिटिभी जडान गरी सामानको सुरक्षा गरिने बृहत कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला धादिङ–२०७०’ मूल आयोजक समितिका संयोजक कल्पना अधिकारीले जानकारी दिनुभएको छ ।