धादिङमा आजवाट बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला

815 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
धादिङबेसी, १५ माघ- ‘कृषि उद्योग र पर्यटनको व्यापक सम्भावना ,सम्बृद्ध धादिङ हाम्रो परिकल्पना’ भन्ने नाराका साथ बुधवारदेखि धादिङबेसीमा बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला धादिङ २०७० शुरु भएको छ ।melaa 2 melaa 1 आज देखि धादिङबेसीमा हुन गईरहेको बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०७० को सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था उद्योग वाणिज्य संघ धादिङले मंगलवार सांझ पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
मेला मूल आयोजक समितिका संयोजक कल्पना अधिकारीले बुधवार मेला सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मेलाको सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी गराउनुभएको थियो । “कृषि, उद्योग र पर्यटनको व्यापक संभावना, सम्बृद्ध धादिङ हाम्रो परिकल्पना” भन्ने नाराका साथ हुन लागेको मेलाको उद्घाटन अर्थमन्त्री शंकर कोइरालाले गर्ने पत्रकार सम्मेलनमा वताईएको थियो । नौ दिनसम्म सञ्चालन हुने मेलामा १४८ वटा स्टलहरु रहेका छन् ।
मेलामा गुन्द्रुक, ढिंडो, चमेरोको मासु तथा चेपाङ परिकार प्रमुख आकर्षणका रुपमा रहेको छ । त्यस्तै नेपाली ढाकाका बस्तुहरु, दैनिक उपभोग्य सामान, अटोमोबाइल, कृषिजन्य तथा जडिबुटी, मदिरा तथा सुर्तिजन्य सामग्री, हस्तकला तथा छालाका सामानहरु, सुचना प्रविधि, गारमेन्ट, कृषि प्रविधि प्रदर्शनी, निमार्ण सामग्री, पर्यटन, इलेक्ट्रोनिक सामग्रीहरु रहनेछन् ।
मेलाले जिल्लाको आर्थिक तथा सामाजिक उत्थान गर्नका लागि कृषि, उद्योग, व्यापार, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याउने आयोजकहरुले वताएका छन । मेलामा आउने दर्शकहरुको स्वागतका लागि सदरमुकाम धादिङबेसीका वासिन्दाले वजारक्षेत्रलाई आर्कषक बनाएर सिंगारेका छन् । सदरमुकामको बजार क्षेत्रमा ध्वजापतका र वजार प्रवेश गर्ने नाकाहरुमा स्वागतद्धारहरुको समेत निर्माण गरिएको छ । मेलामा धादिङ जिल्लामै हातैले बुनेर तयार पारिएका राडी, पाखी, बख्खु ,काम्ला, डाला, नाङला, लगायतका सामाग्रीहरु देखि जिल्लाको पहिचान दिने अन्य बस्तुहरुको खरिद विक्रि समेत हुने छ ।  मेला स्थलमा विभिन्न किसिमका सामानहरु बिक्रि तथा प्रदर्शनीका लागि राखिएका छन । धादिङ जिल्लालाई उद्योग, व्यवसाय, प्रविधि तथा कृषि र जडीबुटी क्षेत्रको प्रवद्र्धन केन्द्रको रुपमा अघि बढाउने लक्ष्यका साथ मेलाको आयोजना गरिएको हो ।  मेलामा उद्योग, व्यवसाय, पर्यटन, प्रविधि र कृषिजन्य तथा जडीबुटी उत्पादन बिक्री तथा प्रवद्र्धनका लागि राखिएको छ ।
मेलामा घरेलु, औद्योगिक ,पर्यटन, कृषि, साना तथा लघु उद्यम र वित्तीय संस्था होटल लगायतका गरी १ सय ४८ वटा कक्ष राखिएको छ ।  मेला अवधिभर सर्वसाधारणको मनोरञ्जनका लागि विभिन्न साङगीतिक कार्यक्रम, मनोरञ्जनात्मक खेल तथा खाना, वालउद्यान समेत राखिएको छ । मेला अवलोकन गर्नका लागि सर्वसाधारणलाई रु ५० र विद्यार्थी सहुलियतका लागि समुहमा आउने बिद्याथीलाई २० रुपैया र परिचयपत्र लिएर आउने व्यक्गितरुपमा आएका बिद्यार्थीलाई ३० रुपैया मा प्रवेश टिकेट दिइएको छ । यसैगरी आयोजकले धेरैपटक मेलामा आउनुपर्ने व्यक्तिहरुका लागि ३ सय रुपैयामा स्थायी पास सहितको टिकटको समेत व्यवस्था मिलाएको जनाएको छ ।