तीन दिनमा मेलामा पैंतिस हजार दर्शक

694 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी

धादिङ,१७ माघ – ‘कृषि उद्योग र पर्यटनको व्यापक सम्भावना ,सम्बृद्ध धादिङ हाम्रो परिकल्पना’ भन्ने नाराका साथ बुधवारदेखि धादिङबेसीमा बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला संचालन भईरहेको छ ।SAM_0241 मेला आयोजक मुल समारोहका सदस्य एवम उद्योग वाणिज्य संघ धादिङका कोषाध्यक्ष विश्वराम दुवाडीका अनुसार मेलामा गुन्द्रुक, ढिंडोका साथै  नेपाली ढाकाका बस्तुहरु, दैनिक उपभोग्य सामान, अटोमोबाइल, कृषिजन्य तथा जडिबुटी, मदिरा तथा सुर्तिजन्य सामग्री, हस्तकला तथा छालाका सामानहरु, सुचना प्रविधि, गारमेन्ट, कृषि प्रविधि प्रदर्शनी, निमार्ण सामग्री, पर्यटन, इलेक्ट्रोनिक सामग्रीहरुमा दर्शक रहनेछन् । एक लाख दर्शकले मेला हेर्ने र ५ करोडको कारोवार हुने लक्ष्य मेला आयोजकहरुको छ ।

मेला आयोजक मुल समारोहका समितिका संयोजक एवम उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष कल्पना अधिकारीका अनुसार २०६४ सालमा प्रथम धादिङ महोत्सव भएपछि दोश्रो महोत्सवको रुपमा सदरमुकाममा मेलाको आयोजना गरिएकोले पनि गाउं गाउंवाट मेला हेर्ने दर्शकहरुको उल्लेखनिय उपस्थिती भएको हो । सबै मानिसमा दैनिक जिवनका व्यस्तताले गर्दा टाढा टाढा पुगेर गित संगित,कलाको  मनोरन्जन लिने फुर्सद नहुने भएकाले पनि सदरमुकाममा आयोजित मेलामा सर्वसाधरणको उपस्थिती बढेको अध्यक्ष अधिकारीको भनाई छ ।
मेला माघ २३ गते सम्म संचालन हुनेछ ।