हात्ती र चम्सुरीले हसाए धादिङलाई

775 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, माघ १८ – धादिङ सदरमुकाम धादिङबेसीमा जारी बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलामा चौथो दिन शनिबार राष्टियस्तरका  हांस्य कलाकारहरु पल्पसा डंगोल चम्सुरी र अंशु महर्जन हात्तीले तथा चर्चित गायक तिलक वम मल्ल दर्शकको केन्द्रमा रहे ।SAM_0375.tif

नेपाल टेलिभिजनबाट प्रशारण हुने हांस्यव्यंग्य सिरियलहरुमा देखिंदै आईरहेका कलाकारद्वय पल्पसा डंगोल चम्सुरी र अंशु महर्जन हात्तीले प्रहसन मार्फत र गायक मल्लले सुमधुर गित प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

हराएको आफ्नो पोई मुलाको सागलाई खोज्दै हिंडेकी चम्सुरी हात्तीको घरमा पुगेको दृष्यवाट सुरु भएको दुई महिला कलाकारको प्रहसन हात्तीको आफ्नै वारेमा रचना गरिएको कवितामा पुगेर टुगिंएको थियो ।

प्रहसनका क्रममा दुई कलाकारले निकै रोचक घोचक तथा उत्तेजक अभिव्यक्ति दिएका कारण दर्शकहरु कति वेला पेटमिचिमिचि हांस्न वाध्य हुन्थे भने कुनै वेला नजिकै वसेका आफन्तहरुलाई हेरेर लाजले मुख रातो बनाउन पुग्थे । पल्पसा डंगोल र अंशु महर्जनले फिल्ममा हिरोको खोजी प्रहसन प्रस्तुत गरेका थिए ।

यसैगरी चर्चित गायक तिलक बम मल्लको प्रस्तुतिले भने युवा पुस्तालाई मोहित बनाएको थियो । गायक मल्लले लुम्लेको चिसो हावाले,ट्याक्सी गुड्यो सरर, धादिङको वजारमा,नाच नाच सोल्टीनी, जिन्दगानी के छ र सलललगायतका लोकप्रिय गीत गाएर दर्शकलाई मनोरन्जन गराएका थिए ।

यसैगरी दुर्घटनामा परेर एउटा खुट्टा गुमाउन पुगेका धरानका लालवहादुर तामाङको म त लाहुरे गोर्खाली पल्टनको वोलको गितको नृत्यले दर्शकहरुलाई भावुक वनाएको थियो । यसैगरी दिपक खडका, जुना श्रीस, श्याम शितललगायतका गायक र कलाकारहरुले पनि आफ्नो गीत र प्रतिभाहरुप्रस्तुत गरेका थिए ।