इजरायलमा हुने २० औ अन्तराष्ट्रिय भुमध्य पर्यटन मेलामा नेपालले पहिलोपटक भाग लिने

737 पटक पढिएको

सम्पादक: Dhadingnews.com

0इजरायल-मध्यपुर्व इजरायलमा हुन गइऱहेको २० औ अन्तराष्ट्रिय भुमध्य पर्यटन मेला २०१४ (International Mediterranean tourism market) मा नेपालले पनि भाग लिने भएको छ ।

इजरायल सरकार पर्यटन मन्त्रालयको आयोजनामा विगत २० बर्ष अघिदेखि प्रत्येक बर्ष आयोजना गरिदै आएको सो मेलामा नेपालले पहिलेा पल्ट भाग लिन लागेको हो ।

नेपाली राजदुताबास तेलअभिवले दिएकेा जानकारी अनुसार यही फेब्रुअरी ११ र १२ तारिख हुने सेा मेलामा नेपालकेा तर्फबाट नेपालमा रहेका विभिन्न पर्यटकस्थलहरुको बारेमा विस्तृत जानकारी दिलाई इजरायली नागरिकहरुलाई नेपालकेा पर्यटकीय क्षेत्रमा आकर्शित गरी वढि भन्दा वढि इजरायली पर्यटकहरुलाई नेपाल भित्र्याउनका लागी नेपाल टुरिजम बोर्ड र नेपाल एसोसियसन अफ टूर एन्ड ट्राभल एजेन्सीको संयुक्त स्टल नेपालमा रहेका होटल व्यवसाय, सेवा सुबिधा ,नेपाली एयरलायन्स कम्पनी लगायतका स्टलहरु मार्फत जानकारी दिने दुताबासले जनाएकेा छ ।

उक्त IMTM मेलामा नेपालको तर्फबाट १२ फेब्रुवरी वुधवार ठिक १ बजेदेखि २ बजेसम्म रमत अभिवको दिवान हलमा नेपाली राजदूत महामहिम प्रल्हाद कुमार प्रसाई र नेपाल टूरिजम बोर्डका सिइओ सुवास निरौलाले सम्वोधन गर्ने कार्यक्रम तय भएको नेपाली राजदुताबास र्इजरायलले जानकारी दिएकेा छ ।

ORTRA, ITN र IMTM secretariat को संयुक्त आयोजना तथा इजरायल सरकार पर्यटन मन्त्रालय,इजरायल होटल एसोसियसन, एलाल एयरलाइन्स, इजरायल टुरिस्ट एन्ड ट्राभल एसोसियसन र इजरायल इन्कमिङ टूर अपरेटर्स एसोसियसनको प्रायोजनमा हुने IMTM मेलामा इजरायल आउने पर्यटक, इजरायलवाट वाहिर जाने पर्यटक र आन्तरिक पर्यटकहरूको संख्यामा वृद्दि, पर्यटन प्रवर्धन जस्ता महत्वपूर्ण कुराहरूको प्रतिनिधित्व हुनेछ भने प्रदर्शनीमा पर्यटन प्रवर्धन सम्वन्धी काम गरिरहेका विभिन्न देशी विदेशी एजेन्सीहरूकेा समेत सहभागीता हुने श्रेातले बताएकेा छ ।

नेपाली दुताबास र्इजरायलले र्इजरायलमा कार्यरत नेपालीहरूलार्इ पनि उक्त मेलामा सहभागी भै कार्यक्रमकेा जानकारी लिन अनुरेाध गरेकेा छ ।

फेव्रुवरी ११ र १२ तारिख दुई दिनसम्म तेलअभिवमा रहेको इजरायल ट्रेड फेयर्स एण्ड कन्भेन्सन सेन्टरमा हुने उक्त इन्टरनेशनल मेडिटेरियन टूरिजम मार्केटमा सहभागी बन्न नेपाल पर्यटन वोर्डका सिइओ सुवास निरौला नेपाल टुरिजम वोर्डका अधिकारी सुमन घिमिरे शनिवार इजरायल आइपुग्नुभएको छ ।

साथै सेा मेलामा नेपाल एसोसियसन अफ टूर एन्ड ट्राभल एजेन्सीबाट ३ वटा ख्यातिप्राप्त ट्राभल एजेन्सीहरुको समेत उपस्थिती रहने छ ।

► खबरसाइट डट कम