राष्ट्रिय जलयात्रा तथा धादिङ महोत्सव फागुनमा

742 पटक पढिएको

सम्पादक: Dhadingnews.com

राष्ट्रिय जलयात्रा तथा धादिङ महोत्सव फागुनमा

धादिङ, – धादिङको दिगो विकास र अर्थतन्त्रको आधार कृषि जलस्रोत, पर्यटन र उद्योगको पुर्वाधार भन्ने मुल नाराका साथ त्रिशुली नदीमा राष्ट्रिय जलयात्रा तथा धादिङ महोत्सव २०७० धादिङ उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाकै पिडा गा.वि.स. स्थित गलौंदीको त्रिशुली नदी किनारमा फागुन १७ गते देखि २५ गते सम्म हुने भएको छ ।
राष्ट्रिय जलयात्रा तथा धादिङ महोत्सव सम्पन्न गर्न धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीको संयोजकत्वमा १०१ मूल आयोजक समिति गठन गरेको छ ।   राष्ट्रिय जलयात्रा तथा धादिङ महोत्सव सम्पन्न गर्न १६ वटा कार्यगत समितिहरु समेत गठन गरिएको छ ।
सुरक्षा व्यवस्थापन समितिको सयोजकमा धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रभातकिरण सुवेदी, पर्यटन तथा जलयात्रा व्यवस्थापन समितिको संयोजकमा दिनेश अधिकारी, टिकट तथा प्रवेशद्घार व्यवस्थापन समितिको संयोजकमा खडानन्द त्रिपाठी, स्टल विद्युत र साउण्ड सिष्टम व्यवस्थापन समितिको संयोजकमा गोपीलाल श्रेष्ठ, महोत्सव सचिवालय व्यवस्थापन समितिको संयोजकमा वोदनाथ दुवाडी, आर्थिक समितिको संयोजकमा रमेशभाई अधिकारी, सुचना तथा प्रचार प्रसार समितिको संयोजकमा राजकुमार श्रेष्ठ, वजार सजावट, झाँकी तथा वाल उद्यान व्यवस्थापन समितिको संयोजकमा ज्ञानेन्द्र प्रसाद सिलवाल, प्राथमिक उपचार तथा आकस्मिक सेवा व्यवस्थापन समितिको संयोजकमा शरद अधिकारी, कृषि प्रदर्शनी व्यवस्थापन समितिको संयोजकमा हेमनाथ थपलिया, यातायात, ट्राफिक र पार्किङ व्यवस्थापन समितिको संयोजकमा सुदर्शन कंडेल, महिला परिचालन तथा सहभागी व्यवस्थापन समितिको संयोजकमा अम्विका अधिकारी, महोत्सव अनुगमन, मुल्याङकन र स्मारिका प्रकासन समितिको संयोजकमा कृष्ण कुमार श्रेष्ठ, अतिथि सत्कार, पुरस्कार, व्याच र उपहार व्यवस्थान समितिको संयोजकमा ध्रुबबहादुर थापा तथा साँस्कृतिक कार्यक्रम व्यवस्थापन समिति संयोजकमा श्यामकुमार श्रेष्ठ  रहेका छ ।

अन्तराष्ट्रिय पानी दिवसको अवसर समेत पारेर आयोजित महोत्सवमा जलयात्रा प्रतियोगिता आयोजना गरिनुका साथै कृषिजन्य उत्पादनको प्रदर्शनी, स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री, पर्यटन प्रवद्र्घन सम्वन्धी विविध कार्यक्रमहरु, हस्तकला तथा विभिन्न घरेलु सामाग्रीको प्रदर्शनी तथा विक्रि, ११ देशका ख्याती प्र्राप्त कलाकारहरुवाट कला प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती, जिल्ला स्तरिय लोक दोहोरी प्रतियोगीता, जिल्ला स्तरीय एकल नृत्य प्रतियोगिता, जिल्ला भित्रका खनिजजन्य वस्तुको प्रदर्शनी तथा विक्री, जडिवुटीको प्रदर्शनी, विक्री  तथा जानकारी, धादिङ जिल्लाका आदिवासीहरुको भेषभुषा तथा संस्कृतिको प्रदर्शनी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री÷सूचना प्रविधी सम्वन्धी जानकारी, अटोमोवाईल्सको प्रदर्शनी तथा विक्री, रमाईलो मेला÷वाल उद्यान, जातिय खानाका परिकारहरु, गोरु जुदाई प्रतियोगिता, रोवर्ट प्रदर्शनी लगायत महोत्सवको मुख्य आकर्षण रहने  धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष एंव संयोजक अधिकारीले बताए ।

-कारोबार दैनिकबाट