धादिङका पत्रकारलाई अदालती रिपोर्टिङ तालिम

614 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ–अदालती पत्रकारिताको प्रक्रियाको वारेमा जानकारी दिने उद्धेश्यले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा शनिवारवाट सुरु भएको दुई दिने तालिम फागुन ४ गते आईतबार सम्पन्न भएको छ । SAM_0671 SAM_0670
धादिङ जिल्लामा कृयाशिल पत्रकारहरुलाई अदालती रिपोर्टिङका वारेमा आधारभुत जानकारी दिने उद्धेश्यले आयोजना गरिएको तालिममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष शिव गाउंलेले प्रशिक्षण दिनुभएको थियो । महिला मानवअधिकार रक्षक सञ्जाल, फोकस नेपाल र नारी जागरण केन्द्रद्धारा संयुक्त रुपमा धादिङ जिल्लामा संचालित महिलाको न्यायमा पहुंच कार्यक्रमको पहलमा आयोजना गरिएकोतालिममा धादिङ जिल्लामा रहेर राष्ट्रियस्तरका संचार माध्यम र जिल्लाका संचारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।