पाल्नोस् धादिङ महोत्सवमा ,

667 पटक पढिएको

सम्पादक: Dhadingnews.com

1902738_1467355443484515_61929571_n
ताजा मलेखुका माछा , धुशाका रस — सुन्तला ।
जोगीमारे मधुपर्क , आदिबासी कला गला ।।
तरकारी खानि टन्नै छन् , पिडालु आलु काउली ।
टारका मास टन्नै छन , रोजेको तिमी खाउली ।। १।।

यही फागुनको सत्रदेखी , पच्चीस सम्म नै ।
चल्छ उत्सवको चाड , पाल्नोस् गलौदिमा सबै ।।
जल क्रीडा कला — लीला , खानाका परिकार छन् ।
हाम्रै उद्योगका वस्तु ,नौला नौला विचित्र छन् ।।

आमाले ममता गर्दै , निम्ता पत्र पठाउछिन् ।
पिडा घडा सजाएर , हामीलाई जुटाउछिन् ।।
साँढे युध्द नयाँ शुध्द ,हास्य — गीत र दोहरी ।
चुड्का भजन जो हाम्रा , गुन्जने छ सधैं भरी ।।

२०७० ,११ , १७ देखी २५ फागुनसम्मको धादिङ महोत्सव ,