सत्ता समिकरण धरापमा : कांग्रेस नेता रिजाल
555 पटक पढिएको
धादिङ, फागुन ९ – नेपाली कांगेसका केन्द्रिय सदस्य डाक्टर मिनेन्द्र रिजालले एक वर्ष भित्रमा संविधान निर्माणको जिम्मेवारी वहन गर्ने प्रतिवद्धता पुरा गराउन दलहरुले स्वार्थ त्यागेर सहमतिको राजनीति गर्नु आवश्यक भएको बताउनु भएको छ ।
एमालेले गृह नदिई सरकारमा नआउने र नेपाली कांग्रेसले गृह दिन सक्दैनौं भनेका कारण अहिलेको गठबन्धन र सहमति संकटमा परेको भन्दै उहाँले दुवै दल जिम्मेवार भएर बहुमतका नाममा सरकार वनाउने र ढाल्ने सोचवाट मुक्त हुनुपर्ने बताउनुभयो ।
तोकिएको समयमा संविधान निर्माण कार्य सम्पन्न गर्नका लागि बहुमत भएपछि सरकार फेर वदल गर्न सकिन्छ भन्ने सोचाई वोकेर कुनै पनि दल संविधान सभामा पस्न नहुने डाक्टर रिजालको भनाई छ । नेपाल प्रेस युनियन धादिङको छैटौं जिल्ला अधिबेशनको शुक्रवार धादिङबेसीमा उदघाटन गर्दै डाक्टर रिजालले सरकार वनाउने र ढाल्ने सोच कसैमा पनि नआएको खण्डमा मात्र नागरिकका बीचमा गरिएको प्रतिवद्धता पुरा गर्न सकिने बताउनुभयो ।
नेपाल प्रेस युनियन धादिङको छैटौं जिल्ला अधिबेशनको शुक्रवार धादिङबेसीमा उदघाटन गर्दै नेपाली कांग्रेस प्रचार विभागका प्रमुख समेत रहेका नेता रिजालले संविधान नवन्दासम्म सरकार फेर्न नहुने र सरकार बनाउन नयां समिकरण वनाउन सकिन्छ भनेर कोही लाग्न नहुने बताउनुभयो ।
उज्यालो अनलाईनबाट
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७०, ९ फाल्गुन शुक्रबार १४:४६ मा प्रकाशित