धादिङ महोत्सवको तयारी अन्तिम चरणमा

769 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,११ फागुन- ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार,कृषि जलश्रोत,पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ हुन लागेको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सवको तयारी तिव्र पारिएको छ । pumplet news paper  (1)
महोत्सव आयोजक संस्था धादिङ उद्योग वाणिज्य संघले आइतबार धादिङवेसीमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारीका वारेमा जानकारी गराएको हो । संघका अध्यक्ष एवम महोत्सव मुल आयोजक समितिका संयोजक चन्द्रकान्त अधिकारीका अनुसार फागुन १७ गते देखि जिल्लाको पिडा गाविसमा पर्ने गलौंदी स्थित त्रिशूली नदी किनारमा हुन लागेको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सवको तयारीको करिव ८५ प्रतिशत काम सम्पन्न भएको छ । महोत्सवको शुरुहुने दिन नजिकि)दै जांदा तयारीका कामहरु द्रुत गतिमा अगाडि बढेको र केही दिनमा नै सम्पूर्ण तयारी पुरा गरिने अध्यक्ष अधिकारीले बताए । महोत्सव शुरु हुन एक सातामात्र वांकी हुंदा विभिन्न समिति तथा उप–समितिले आ–आफ्ना कामहरुलाई तिब्रता दिएका हुन् । महोत्सवमा १८० वटा व्यापारिक स्टल रहने वताईएको छ ।
विभिन्न झाँकी, जात जातिको संस्कृति तथा पहिचान दिने झाँकीहरुको प्रदर्शनी, कृषि उपज बस्तुहरुको प्रदर्शनी तथा त्रिशुली नदीमा प्रतियोगितात्मक जलयात्रा, रमाइलो मेला तथा धादिङ जिल्लाको पर्यटकीय सम्भावनालाई उजागर गर्ने गरी महोत्सवको आयोजना गरिएको आयोजक समितिका सचिव राजकुमार श्रेष्ठले वताएका छन । महोत्सवमा लोक दोहोरी तथा एकल नृत्य प्रतियोगिता समेत हुनेभएको छ । साथै विभिन्न जातजातिहरुको झाँकीको मूल्याँकन गरी पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ७५००, ५००० र २५००का दरले पुरस्कार प्रदान गरिने सचिवालयले जनाएको छ । महोत्सवमा कृषि उपज बस्तुहरुको प्रदर्शनीका लागी सम्पूर्ण कृषकहरुलाई आ आफ्ना उत्पादनहरु प्रदर्शनीका साथै फिसिङ् प्रतियोगिताको समेत आयोजना गरिने भएको छ । १०–१० जनाको समूहमा फिसिङ् प्रतियोगिता सञ्चालन गरिने र सो क्रममा पहिलो हुनेले आफैँले बल्छि थापेर समातेको माछा सहित केही उपहार समेतको व्यवस्था गरिएको बताइएको छ । सोही अवसरमा जिल्ला कृषि विकास कार्यालय धादिङ तथा विभिन्न गैर सरकारी कार्यालयहरुको समेत सहयोगमा कृषकहरुको बारीमा भएको माटो परिक्षण गर्ने जिल्ला कृषि विकास कार्यालय धादिङले जनाएको छ । प्रचार–प्रसार समितिका संयोजक समेत रहेका सचिव र श्रेष्ठका अनुसार महोत्सव अवधिभर १लाख ५० हजार दर्शकहरु महोत्सव स्थलमा प्रवेश गर्ने र ५ करोडभन्दा बढीको व्यपार हुने अपेक्षा गरिएको छ ।