कवि एलडीओ

696 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Ramesh kshitiz

जीवनको करिब साढे दुई दशकको काठमाडांैको बसाईपछि पहिलो पल्ट एउटा दुर्गम जिल्ला रोल्पामा स्थानीय विकास अधिकारीको जिम्मेवारीको पत्र सरकारले थमाएपछि उनको मनभरि युद्धका अनेकौ तस्बिरहरु नाचिरहे – भत्किएका गाविस भवन, उजाडिएका वस्तीहरु, युद्धले आक्रान्त मानिस र सयौं दुखान्तहरु ।
द्वन्द्वबाट भर्खर फर्किएको रोल्पामा आइपुग्दा उनीस“ग दुई प्रकारका सपना थिए । एउटा, पुनर्निर्माण, पूर्वाधार विकास र आफ्नो जिम्मेवारीको सफलतापूर्वक निर्वाह गर्ने र अर्को चाहिं सरुवा भएर जा“दा द्वन्द्वको विषयमा लेखिएको उपन्यासको पाण्डुलिपि स“गै लैजाने । रोल्पा आएपछि युद्धको भग्नावशेष मात्र होइन, उनले देखे संभावनाको स्रोत र नजिकबाट देशको तस्बिर । र, उनले लेखे – ‘सुन्दर रोल्पा समृद्ध रोल्पा, पौरखी जनताको गतिशील रोल्पा’ । जसलाई जिल्लाको समग्र विकासको दूर दृष्टिको रुपमा १४ औं जिल्ला परिषद्ले पारित समेत ग¥यो । यही गीतका स्रष्टा हुन् हाल रोल्पा जिल्लाका स्थानीय विकास अधिकारी र विगत दुई दशक भन्दा बढी अवधि देखि अविछिन्न गीत र कविताको क्षेत्रमा परिचित नाम, रमेश क्षितिज ।
उनका ‘अर्को सा“झ पर्खेर सा“झमा’ (कविता संग्रह, २०५६) र ‘आफै आफ्नो साथी भए“’ (गीत संग्रह, २०६३) प्रकाशित कृति हुन् भने करिब एक सय गीतहरु रेकर्डेड र प्रशारित भइसकेका छन् । कथा संग्रहका लागि उनको पाण्डुलिपि पनि तयारी अवस्थामा छ ।
‘आ“खाभरि हिउ“चुली छमछम बग्ने खोला, फेरियो कि मेरो गाउ अझै उस्तै होला’ उदितनारायणले गाएको उनको यो गीतलाई साक्षी राखेर रोल्पाका गाउहरुलाई सम्झने हो भने गाउको स्वरुप केही हदसम्म फेरिएको स्वीकार्न कर लाग्छ । उनी रोल्पा आइसकेपछि स्थानीय विकास अधिकारीको रुपमा धेरै नया“ कामको सुरुआत भयो । पश्चिमी रोल्पाको जिनाबाङ–सुखाओढार सडकको निर्माण जहा“ पहिलो पल्ट गाडी पुग्यो । माडीचौर–घर्तीगाउ सडकको सुरुआत, माडीचौ–दारबोट सडक स्तरोन्नति, जिविसको भित्रको प्रशानिक सुधार, उपभोक्ता समितिलाई दण्ड र जरिवानाको थालनी, जिल्ला विकास नामक रेडियो कार्यक्रमको संचालन, पत्रकारसहित सर्वदलीय अनुगमनको सुरुआत आदिले रोल्पाली जनतामा आशाको संचार भयो । तर कविको रुपमा वा उपन्यासकारको रुपमा उनका योजनाहरु क्रमागत अवस्थामै छन् ।
द्वन्द्वबाट शान्ति र निर्माणतिर उन्मुख रोल्पाको स्थानीय विकास अधिकारीको भूमिका निभाउदा उनी थुप्रै द्वन्द्वग्रस्त पात्रहरुलाई दिनहुजसो भेटिरहन्छन् र तिनलाई आफ्नो उपन्यासमा उभ्याउने कल्पना गरिहन्छन् । सर्वदलीय संयन्त्रमै भाग लिने राजनीतिक नेताहरु नै युद्धबाट कुनै न कुनै रुपमा प्रभावित भएको देख्दा र उनको मुखबाट पुराना कथाहरु सुन्दा समेत क्षितिजलाई उपन्यासको आधारभूमि तयार भएको जस्तो लाग्दछ ।
उनले निभाएको स्थानीय विकास अधिकारीको भूमिकाप्रति संयन्त्रमा रही विगत दुई वर्षदेखि स“गै काम गर्दै आएका नेपाली कांग्रेस रोल्पाका सभापति कृष्णबहादुर घर्तीमगर भन्छन् ‘हामीले तीन चार वटा एलडीओहरुस“ग काम ग¥यौं । अहिलेका एलडीओ विकास गरौं भन्ने भावनाले काम गर्छन् । कानुन र प्रक्रियावमोजिम मात्र काम गरौं भन्छन् । उनले गरेको विकास प्रयास समग्रमा राम्रो छ ।’ यस्तै रोल्पा क्षेत्र नं १ की निर्वाचित सांसद जयपुरी घर्तीमगर भन्छिन् ‘अहिलेका एलडीओले सबैस“ग सहकार्य र समन्वय गरेरै काम गरिरहनु भएको छ । विकासप्रति पनि उहा“को लगाव राम्रो छ ।’
तर उनको साहित्यकारको रुपमा सक्रियता कम हुदै गएको हो कि भन्ने धेरैको भनाईप्रति अर्का साहित्यकार प्रकाश सायमिको टिप्पनी छ –रमेश क्षितिजको लेखन एकदमै गम्भीर लेखन हो । अहिलेको लेखन हेर्दा सक्रिय कवि र गीतकारको रुपमा उहा“ अग्रपंक्तिमै आउनु हुन्छ । तर फरक भूमिका निर्वाह गर्दा सन्तुलन मिलाउन त कठिन नै होला ।
कुनै बेला अधिकांश समय कविता, गीत, विम्व र प्रतीकहरुको कुरा गर्दै बित्दथ्यो । तर अहिले प्रँयः उनको दिन बाटो, खानेपानी, सडक, सडकको ग्रेड, नीति निर्देशन, बैठक र भाषणमा बित्छ । उनी भन्छन् –एउटा राम्रो सडक बनाउनु र एउटा राम्रो कविता संग्रह प्रकाशन गर्नु उस्तै उस्तै हो । र, एउटा सुन्दर गीत लेखेर श्रोतालाई सन्तुष्ट पार्नु र एउटा खानेपानीको योजना सम्पन्न गरेर गृहिणीहरुको अनुहारमा खुशी देख्नु उस्तै हो ।
यसरी फरक भूमिका निर्वाह गर्दा उनलाई कस्तो लाग्छ ? रमेश क्षितिज भन्छन् ‘जीवन सुन्दर र रमाइलो छ । मानिस जहा र जसरी बाचे पनि जीवनलाई अर्थपूर्ण बनाउनु पर्छ । रोल्पा मेरा लागि जागीर र लेखन दुवै अर्थमा एउटा विशाल पुस्तक भएको छ ।’ उनी थप्छन् ‘यहाको अनुभव र अनुभूतिले मेरो लेखनलाई पनि थप ऊर्जा दिने छ भने देशलाई यति नजिकबाट चिन्ने अवसर पाउनु मेरा लागि आफैमा एउटा अवसर हो ।’

काशिराम डट कम बाट