‘गोविन्द केसीको अनशन नाटकमात्र, हाम्रो डेढ अर्ब खर्च भइसक्यो’-राजेन्द्र पाण्डे

573 पटक पढिएको

सम्पादक: Dhadingnews.com

सर्वोच्च अदालतले गोविन्द केसीको अनशनको स्पिरिटअनुसार निर्णय दिएको भोलिपल्ट मनमोहन मेडिकल कलेजका सञ्चालक एवम् एमाले सभासद् राजेन्द्र पाण्डेले संसदमा कड्किएका छन्, ‘मेडिकल कलेजहरुलाई सम्वन्धन नदिए म संसद भवनअगाडि आमरण अनशन बस्छु।’
मनमोहन मोमोरियल मेडिकल कलेजका सञ्चालक समिति अध्यक्ष पाण्डेले सोमबारको संसद बैठकमा सम्वन्धन नदिन भन्दै शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले गरेको आमरण अनशनलाई नाटकको संज्ञा दिए। ‘सम्वन्धन नदिन माग गर्दै आमरण अनशनको नाटक समेत देखिए’ उनले संसदमा भने, ‘अब मेडिकल कलेजलाई सम्वन्धन नदिने हो भने संसदको गेटमा आमरण अनसन बस्नुपर्ने अवस्था आउँछ ।’
सरकारी समितिले मनसाय पत्र दिएपछि र निजी क्षेत्रले करोडौं खर्च गरेर पूर्वाधार बनाइसकेपछि सम्वन्धन दिन्न भन्नु गलत भएको भन्दै उनले सम्वन्धन रोक्ने निर्णय हटाउन सदनले सरकारको ध्यानाकर्षण गराउन समेत माग गरे । मनसाय पत्र पाएपछि १०० रोपनी जग्गा, ३०० सैयाको अस्पतालसहितका डेढ अर्ब खर्च गरिसकेपछि सरकारकै अर्को निकायले सम्वन्धन रोक्नु जायज नभएको पाण्डले बताए ।

सेतोपाटी