नेपाल किन बनेन ?

990 पटक पढिएको

सम्पादक: Dhadingnews.com

उपेन्द्र अधिकारी

149613_1622893448184_7951799_nनेपाल किन बनेन भन्ने बहस देव्यापी रुपमा चल्न थालेको छ । खुसीको कुरा हो कमसेकम कसरी देश बनाउँने भन्ने विषयमा बहस त सुरु भयो बन्छ बन्दैन आप्mनौ ठाउँमा रह्यो तर बहस हुनु पनि सकारात्मक पाटो हो कि ?
देश किन बनेन भनेर बहसमा सहभागी हुनुभएको सहभागीहरु एक न एक पटक कुनै न कुनै देशमा जानु भएको छ, नेपाल बाहीर । तुलना गर्दा अरुको हेरेर नै तुलना गरिन्छ, जुन सत्य हो । खाली कागजमा २ वटा सिधा रेखा कोरेर कुन चाही लामो छ भनेर सोध्यो भने त्यसको उत्तर त्यही बेला सम्म सहि हुन्छ जुन बेला सम्म अर्को लामो धर्को तानीदैन । नेपालको सन्दर्भमा पनि कम विकसित देश भनेर भन्नु उचित होला, विकसीत देशको उदाहरण लीएर मात्रै तर कम विकसित देश पनि त छन् नि ! तर अव हामी कम विकसीतको बिचमा हामीलाइ विकसित छु भनेर बस्ने बेला छैन । समयले हामीलाइ कमसेकम १०० बर्ष पछाडि धकेलीसक्यो संसारका अरु देश हरु भन्दा ।
मैले नेपालका सबै पाखा पखेरा छहरा, खोल्चा नदिनाला देखेको छैन तर जति देखें त्यो नै पर्याप्त वन्यो नेपाल साच्चै नै धनि छ प्राकृतिक श्रोत साधनमा भन्ने कुरामा । विकास विकास भनेर हामीले देशको योजना बनाउने कार्यन्वयन गराउने निकायको मुख ताकि रहेका छौ अहिले सम्म तर नितान्त रुपमा एक जाना व्यक्तिले गर्नै पर्ने दायित्व चाहि निभाउन पछाडि हटी रकेका छौ ।
हामी विकासका, प्रगतीका सारा कुरा गरेर समय खेर फाल्दा खुसी हुन्छौ । हामीले अरुको प्रगतिका कुरा पनि गरौंला तर त्यो कुरा गर्ने समय त खेर गयो नी ! नेपाल छोडेपछि बल्ल थाहा हुदो रैछ नेपाल किन विकसीत भएन भन्ने कुरा ।
देश विकसीत हुनको लागी सबैभन्दा पहिलो कुरा एक जना व्यक्ति सम्बृद्ध हुनै पर्छ । भन्नाको मतलव प्रत्येक मान्छे आफुमा आर्थिक रुपमा सवल हुनै पर्छ । देश विकसीत भएन भएन कराउने, क्याफे चियापसलमा बसेर गफ लगाउँने, फलानाले गरेन ढिस्कानाले गरेन भनेर आरोप प्रत्यारोप गर्ने अनि समय त्यसै खेर फाल्ने । त्यहि समयमा करेसामा १ सय गाँठा प्याज फलाउने योजना बनाएर त्यही अनुसार काम गरेको भए भारतबाट कमसेकम १ सय गाँठा प्याज त कम आयात गरे पुग्थ्यो । कससेकम १ सय रुपैमा मात्रै भए पनि आप्mनै देशमा बस्थ्यो ।
देशको विकास चाहने प्रत्येक नेपालीले आफु करी पैसाको धनि बन्न सक्छु भनेर सोच्नैपर्छ । आफु आर्थिक रुपमा सवल हुन कोशीस नगर्ने कुनैपनि नागरिकलाई देशको बारेमा चिन्ता गर्ने अधिकार छैन । वाबुको कमाइले, पुर्खाको कमाइले किनेको मोवाइलमा देशले रगत मागे मलाइ बलि चढाउ … भन्ने गीत बजाएर देशको विकास हुने वाला छैन ।
कसले बनाइदीने देश ? नेताले ? प्रसासकले ? कसले ? हाम्रो अपेक्षा कसले बनाइदिए हुन्थ्यो भन्ने छ ? पक्कै पनि उनिहरुले नै हो । तर यो विचारमा तुक छैन । हामी आफैले बनाउने हो नेपाल यदि नेपाको माया लाग्छ भने । लगभग ३ करोड नेपालीले आफुले केहि न केहि उद्यम गरेर बार्षिक रुपमा १० हजार मात्रै थप आर्थीक उपार्जन गर्ने हो भने हामीसंग कति पैसा हुन्छ ? कल्पना गर्न सक्छौ ? त्यसको लागी समर्पण चाहिन्छ । अनुसासन चाहिन्छ, जिवन पद्धति चाहिन्छ, सोच्न सक्ने क्षमता चाहिन्छ अनि सबैभन्दा महत्वपूर्ण त सपना चाहिन्छ अनि सपना पुरा गर्ने अठोट चाहिन्छ ।
गाउँमा बसेर १० वटा बाख्रा पाल्न आँट गर्न नसक्नेहरु देश विकासका ठूला ठूला नारा लगाउँदै हिडिरहेका छन् आजकल । नेपालमा छँदा नेपाल देखीदैन, जब विदेशको भुमिमा अरुलाइ मालीक मानेर प्रत्येक पल्ट सीर निहुराएर गुड मर्नीङ देखी गुड नाइट सम्म भन्नु पर्छ अनि थाहा हुन्छ देश । तै पनि हामी मालीक हुन भन्दा यस्तै नोकरीमा रमाउछौ ।
नेपाल के छैन ? माटो छैन ? किन्नु पर्छ माटो ? पानी छैन ? किन्नु पर्छ पानी ? वन जंगल छैन ? किन्नु पर्छ ? हिउँ पार्न मन लागे ठूला ठूला हल बनाएर कुलर जोड्नु पर्छ ? हरियो देख्न मन लागे फोटो हेर्नु पर्छ ? पहाड हेर्न मन लागे सिमेन्टको पहाडको आकृति बनाउनु पर्छ ? केहि पर्दैन । मेचि देखि महाकाली, हिमाल देखी तराइ नेपाल जस्तो भु बनोट कहाँ छ संसारमा ? तर हामी आफै भित्र इच्छा छैन । देश बनाउँने ।
म इजारायलमा बस्न थालेको ६ महिना भयो । म बसेको ठाउँ जोर्डनको सीमानामा पर्छ, कति खेर के हुन्छ थाहा हुदैन तैपनि यहाँ इजरायलीले बस्ती बसालेको ४० बर्ष भन्दा बढि भैसक्यो रे । पानी पिउन लाग्यो भने मुखमा हाल्दा नै बान्ता होला जस्तो, गाउँबाट अलि पर पुग्ने वित्तीकै धुलै धुलो । तर गाउँ छिरेपछि यो पनि मरुभुमि हो र ? जस्तो । कति त्याग गरे होलान् यहाका मान्छेले यो ठाँउ बनाउन ? अरुले बनाइदिएर ल बस् भनेर भन्या त पक्कै होइन । विश्वमा जती देश विकसीत भए धनी छन् भनेर उदाहरण लीन्छौ हामी ति देशका एक पुस्ताले पुरै जिन्दागी त्यागेर देश बनाएका छन् । हाम्रो देशमा कुन पुस्ताले गर्यो त्याग देशका लागी ?
अब बेला मात्रै हैन अवेला पनि भैसक्यो । उठौ आप्mनै लागी सोचौं । देशको लागी केहि गर्नु पर्दैन हाम्रै लागी गरे हुन्छ । हामी धनि भए देश धनि हुन्छ । भोली देखी भान्छामा विदेशी खसीका मासु नपाकुन, त्यसमा भारतीए प्याज, जिरा अनि चाइनाको लसुन नहालीउन, आप्mनै तराइमा फलेको चमालको भात पाकोस् । दैनीक उपभोग्य सामान कुनै पनि देशबाट आयात गर्न नपरोस् अनि बन्छ देश । देश किन बनेन ? मेरो कारणले बनेन किनकि म संग सम्बृद्धिको कुनै योजना छैन ।

(धादिङ हाल इजरायल )