सभासद पाण्डेबाट विकास योजना छनौट गर्न समुदायस्तरमा अन्तरक्रिया

568 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,- समुदायको आवश्यकता अनुसारका विकास योजना छनौट गर्न धादिङ क्षेत्र नम्बर ३ का सभासद राजेन्द्र पाण्डेले समुदायस्तरमा अन्तरक्रिया शुरु गरेका छन ।
Copy of DSC03902बिहीवार धादिङको बैरेनीमा सभासद–पुर्व जनप्रतिनिधि र राजनितिक कार्यकर्ता बिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सभासद पाण्डेले यस्ता कार्यक्रम आफ्नो क्षेत्रका चौधवटै गाविसमा संचालन गरिने वताएका हुन । समुदायको उपस्थितीमा योजना छनौट गर्दा ति योजना कार्यान्वयनमा समुदायको सहभागिता बढाउन सकिने सभासद पाण्डेको भनाई छ ।
निर्वाचन सम्पन्न हुनुअघि र निर्वाचन सम्पन्न भएपछिका समयमा समुदायवाट आएका विकास योजनाहरुको संकलन गरी आवश्यकताको प्राथमिकता गर्ने उद्धेश्यले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा क्षेत्र नम्बर ३ का चौधवटै गाविसका पुर्व जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा एमालेका वागमती अंचल समितिका सचिवालय सदस्य जगन्नाथ नेपाल,नेकपा एमाले धादिङका उपाध्यक्ष भुमि त्रिपाठी, सचिव शिव कंडेलका साथै विभिन्न तहमा कार्यरत एमालेका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
पहिलो चरणमा एमालेका कार्यकर्ताहरुसंग अन्तरक्रिया गरिएपनि आगामी दिनमा सवै दलका प्रतिनिधि र समुदायका प्रतिनिधिहरुसंग वसेर अन्तरक्रिया कार्यक्रम संचालन गरी योजना तर्जुमा गरी सरोकारवाल निकाय सम्म लगिने सभासद पाण्डेले वताएका छन ।