नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको अध्यक्षमा नवराज छत्कुली

918 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ– नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको अध्यक्षमा नवराज छत्कुली सर्वसम्मतवाट चयन हुनु भएको छ ।1897877_10202470761742868_1679383872_n बुधवार धादिङबेसीमा सम्पन्न महासंघ जिल्ला शाखाको सातौं अधिबेशनले छत्कुलीको अध्यक्षतामा १५ सदस्यिय नयांँ कार्य समितिको सर्वसम्मतवाट चयन गरेको हो ।त्यसैगरी १९ जना केन्द्रिय प्रतिनिधि समेत सर्वसम्मतवाट चयन गर्दै अधिबेशन सम्पन्न भएको छ । कार्य समितिमा उपाध्यक्षमा सुदर्शन खतिवडा,सचिवमा मुना सिम्खडा,सह सचिवमा मनिष दुवाडी र कोषाध्यक्षमा अर्जुनप्रसाद खतिवडा चयन हुनु भएको छ ।
यसैगरी कार्य समितिको सदस्यहरुमा गायत्री खतिवडा, नारायणचन्द्र सुवेदी,राजाराम शर्मा,पार्वती श्रेष्ठ,ठाकुर गुरुङ,रामकुमार थापा,सन्तोषराज श्रेष्ठ,कृष्ण ढकाल,कुसुम सिरमल चयन हुनुभएको छ । अधिवेशनले १९ जना केन्द्रिय सभासदको समेत चयन गरेको छ । जस्मा रमेशप्रसाद आचार्य,रामचन्द्र खतिवडा,पुष्पराज थपलिया,नारायण सिलवाल,सितारामप्रसाद वर्मा,तुलसी अधिकारी,मुरारी अधिकारी,पोषनाथ अधिकारी,दिपक कोईराला,सिता अधिकारी,केशव अधिकारी,सुवाष खतिवडा,सिताराम अधिकारी,रामेश्वर कार्की,सानुवाबु तिमिल्सिना,सरोज पौडेल,राजेन्द्रकुमार बस्नेत,फणिन्द्रराज सिलवाल र केशव दुवाडी रहेका छन ।

अध्यक्ष पदमा निर्वाचित छत्कुली महासंघको निवर्तमान उपाध्यक्ष एवम अघिल्लो कार्यसमितिको कोषाध्यक्ष समेत हुनुहुन्छ ।