बोस्टनमा नाटकको सम्भावना खोजि

636 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

 

बोस्टन , अमेरिका – नेपाली नाटकले विश्व रंगमंच खोजिरहेको चर्चा गर्दै  बोस्टनमा “सर्जकसंग एक साँझ” कार्यक्रम सम्पन्न भएको छ / सिर्जना उत्सव , बोस्टनले मंगलबार समर्भिलमा आयोजना गरेको कार्यक्रममा नेपालबाट आएका नाटककार अशेष मल्लले अमेरिका लगायत विश्वका विभिन्न मुलकमा नेपाली नाटक मन्चन गर्न सकिने सम्भावना रहेको बताउनु भयो/ उहाले नेपाली रंगमंचले पार गरेको कहाली लाग्दो बिगतको स्मरण गर्दै यतिखेर यस क्षेत्रका साधकहरूको इमान्दारिताका कारण रंगमंचले ठूलो फड्को मार्न सफल भएको बताउनु भयो/ उहाले नेपाली नाटक बिदेशी नाटकभन्दा कुनै पनि कुराले कमजोर नरहेको बताउदै बिदेशमा बस्ने सर्जकलाई नाटकमा कलम चलाउन आग्रह पनि गर्नु भयो/ 1545541_759096420767798_1892219099_n

कार्यक्रममा  डा. सावित्री मल्ल कक्षपतिले विदेशमा बसेर कलम चलाउदै आएका स्रष्टाको लेखनको प्रशंसा गर्दै उनीहरूले नेपाली माटोकै सुभाष लेख्नु गौरवको कुरा रहेको बताउनु भयो/ यसैगरि टेक्सासको ह्युसटनमा रहेर लामो समयदेखि नेपाली साहित्यका विविध विधामा कलम चलाउदै आएकी गंगा लिगलले बिदेशमा साधनारत लेखकको खोजि गर्न समालोचकहरूले त्यति तत्परता  नदेखाएको बताउदै नेपाली भाषा र साहित्यमा लागेका सर्जकलाई खोजि गर्न ढिलो गर्न नहुने बताउनु भयो/

अमेरिकाको नर्थ क्यारोलिनामा बसेर साधनारत “अर्की आइमाई” उपन्यासको चर्चाले पाठकमाझ लोकप्रिय बनेकी नीलम कार्की निहारिकाले बिदेशी भूमिमा नेपाली भाषा र साहित्यमा लागेका सर्जकको भाषा प्रतिको माया अबर्णनिया रहेको बताउनु भयो/

कार्यक्रममा नेपाली नाटक र रंगमंचमा सक्रिय चर्चित सर्जक कृष्ण शाह यात्रीले भाषा र साहित्यलाई भौगोलिक सीमानाले छेक्न न सक्ने बताउदै बिदेशमा बसेर बाल साहित्यका क्षेत्रमा कलम चलाउने स्रष्टाको बर्षमा एउटा पुस्तक आफ्नो प्रकाशन गृहबाट प्रकाशन गर्ने सोच बनाएको बताउनु भयो/

कार्यक्रममा साहित्यकार मल्ल, लिगल, डा. कक्षपति , यात्री तथा नीहारिकालाई पश्मिनाको सल ओढाएर सम्मान गर्दै रात्रिभोजको आयोजना पनि गरिएको थियो/

साहित्यकार दिनेश राजभण्डारीको सभापतित्वमा सम्पन्न समारोहमा डा. शिव गौतम, भारती गौतम, गोवर्धन पूजा, महेश्वर पन्त, दीपा राई पुन, सुरेश वाग्ले, ममता कर्माचार्य, रोशनी खनाल, बिभिषन कुंवरलगायतले सिर्जना वाचन तथा मन्तव्य व्यक्त गरे/