बोस्टनमा नारी दिवश

1231 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

बोस्टन/ अमेरिका – विश्व नारी दिवशको अवसर पारेर अमेरिकाको बोस्टनमा एक कार्यक्रम गरिएको छ / नेपाली महिला आवाज, युएसए र एम्पावोर दलित वोमेन् इन नेपाल , एडवनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले महिलाका हक र अधिकारका बारेका विचार व्यक्त गरे / कार्यक्रमका प्रमुख अतिथि साहित्यकार गीता खत्रीले आजका महिलाले कुराभन्दा काम गर्नु पर्ने बताउदै पुरुष भन्दा कुनै पनि क्षेत्रमा महिला कमजोर न रहेको बताउनु भयो/ यसैगरि अधिबक्ता सपना मल्ल प्रधानले अझै पनि नारीमा नाम र पहिचानको खडेरी रहेको बताउदै आजका महिलाले शक्ति सन्तुलनमा ध्यान दिदै आफ्नो अस्तित्वको खोजीमा लाग्नु पर्ने बताउनु भयो/ कार्यक्रममा साहित्यकार लिला लुइँटेलले अमेरिका आउने महिलाले नराम्रा कुरा दोहा र लण्डनको एअरपोर्टमै छोडेर आउन आग्रह गर्दै अझै पनि यहाका केही महिलामा त्यो कुराको कमि रहेकोमा दुख व्यक्त गर्नु भयो/mahila 003

कार्यक्रममा साहित्यकार भारती गौतम, एन आर एन युएसएका अध्यक्ष शिवकुमार राई, एडवनकी अध्यक्ष बिष्णुमाया परियार, ग्रेटर बोस्टन नेपलिज सोसाईटीका अध्यक्ष मिलन गुरुङ, साहित्यकार गंगा लिगल, बन्दना कोइराला, अच्युत अधिकारी, मिलन थापा, डा. उषा शर्मा, देवी ओलिलगायतले महिला हक र अधिकारका बारेमा मन्तव्य व्यक्त गरे भने दीपा राई पुन, अनु शाह, सुधा न्यौपाने, सुनिता शर्मा, यसोधा नेपाल, स्पर्श पुन, नीलम खतिवडा, अनुप भण्डारी लगायतले कविता तथा सांगीतिक कोशेली प्रस्तुत गरेका थिए/