एकै जिल्लामा १९ वालवालिकासहित २५ सय एचआइभी संक्रमित, ३७ को मृत्यु

694 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

नुवाकोट, – अशिक्षा र वेरोजगारीका कारण पहाडि नुवाकोटमा एचआईभी एड्स समस्या भयावह वन्दै गएको छ । नुवाकोटमा करिव चारसय जना एचआईभी संक्रमितको पहिचान भई उनीहरु सम्पर्कमा आएको एक संस्थाले गरेको सर्वेक्षणमा उल्लेख छ ।
एकसय १२ जनाले एचआइभी÷एड्स प्रतिरोधात्मक औषधि एआरटी सेवन गरिररहेका छन् । एक विदुर नगरपालिका र ६१ गाविस रहेको नुवाकोटमा दुई हजार पांचसय जना एचआइभी संक्रमित रहेको नुवाकोटमा एचआईभी÷एड्सको क्षेत्रमा परामर्श, हेरचाह र न्युनीकरणको लागी विगत ७ बर्षदेखि काम गर्दै आएको त्रिशूली प्लसले जनाएको छ ।
सो संस्थाका अनुसार नुवाकोट पछिल्लो सात बर्षमा एचआईभी÷एड्सको कारण दुई वालकसहित ३७ जनाको ज्यान गईसकेको छ । जसमा विदेशवाट फर्किएर आएका धेरै रहेका छन् । नुवाकोटको पुर्वि भेगमा रहेको घ्याङफेदी तथा तारुका गाविसमा अत्याधिक रुपमा एचआइभी संक्रमित रहेका छन् ।
विदेश गएर फर्किएका परिवारमा एचआइभी समस्या रहेको पहिचान भएपछि यसको रोकथामका लागी सो संस्थाले गत वर्षदेखि नुवाकोटमा प्रवासी र प्रवासीको परिवारमा एचआइभी एड्स रोकथाम कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले गरेको सर्वेक्षण अनुसार एचआइभी संक्रमण भएका मध्ये ९९ प्रतिशत रोजगारीका लागी भारतका विभिन्न शहर न्यु दिल्ली, मुम्वई, पुणे, गोवालगायतमा काम गरेर फर्किएकाहरु रहेको संस्थाका कमर्यक्रम संयोजक करिस्मा वञ्जाराले वताइन् ।
संस्थाले नुवाकोटको विदुरमा विहीवार यस सम्वन्धि अन्तरक्रिया गरेर यस्तो जानकारी दिएको हो । तीनसय ९२ जना एचआइभी संक्रमित मध्ये दुईसय ५२ महिला, एकसय २१ पुरुष र १९ जना वालवालिका रहेका छन् । सो संस्थाका अध्यक्ष तथा एचआइभी संक्रमित अच्युत सिटौलाका अनुसार एचआईभी÷एड्सको कारण मृत्यु भएकाहरुमा ६० प्रतिशत महिला रहेका छन् ।
नुवाकोटमा संक्रमितहरुको जातिय विवरण हेर्दा बढी तामाङ र दलित समुदायको रहेको पनि प्लसले जनाएको छ । सो संस्थाले नुवाकोटको विदुर नगरपालिका र ६१ गाविस, रसुवाको १८ गाविस तथा धादिङको उत्तरी भेगको सत्यदेवी, सेम्जोङ, गुम्दी र दार्खा गाविसमा एचआईभी÷एड्सको क्षेत्रमा परामर्श, हेरचाह र न्युनीकरणको लागी कार्यक्रम गर्दै आएको छ ।
रोजगारीका लागी युवायुवतीहरु भारतको मुम्वई, गोवा, न्यु दिल्लीलगायतका शहरहरुमा पुगेको र उतैवाट एचआईभी÷एड्सको संक्रमित भएर फर्कने गरेको पाइएको छ । अशिक्षा र धन कमाउने लोभमा सर्वसाधारण एचआईभी÷एड्सको सिकार हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटको मनकामना, तारुका, रालुकादेवी, शिखरवेशी र घ्याङफेदी गाविसमा एचआईभी÷एड्सका संक्रमितहरु धेरै रहेको पाइएको छ । ति गाउंहरुमा एचआईभी÷एड्सको कारण श्रीमानको मृत्यु भएपछि एकल महिलाको संख्या पनि अधिक रहेको छ ।
विशेष गरि युवायुवतीहरु हिन्दुस्तानका विभिन्न शहरमा जानुका साथै वेचिएका महिलाहरु स्वदेश फर्किएपछि एचआईभी÷एड्सको संक्रमण वढ्ने गरेको सो सस्थाका अध्यक्ष अच्युत सिटौलाले जानकारी दिए । एचआईभी÷एड्सको न्युनीकरणका लागी नुवाकोटमा आदीवादी तथा जनजाती र दलित समुदायमा प्रभावकारी कमर्यक्रम सञ्चालन गरिनु पर्ने सरोकारवालाहरुले माग गरेका छन् ।

ए1न्यूज नेपाल डट कमवाट