स्थानीय निर्वाचन संविधान अगाडिः गृहमन्त्री

509 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, चैत्र १ – उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले स्थानीय निकायको निर्वाचन संविधान घोषणा पूर्व नै गरिने बताएका छन् । उनले सकभर आगामी जेठमा नभए कात्तिक/मसिंर भित्र चुनाव गरिने बताए ।Copy of SAM_0720

‘०७१ साल भित्र मुलुकमा तीन वटा कुरा हुन्छ,’ धादिङको सल्यानकोट-८ मा आयोजित एमाले क्षेत्र न. १ को दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले भने ‘नयाँ संविधानको प्राप्ति, स्थानीय निकायको निर्वाचन र एमालेको महाधिवेशन आगामी वर्ष निश्चित छ ।’ उनले नयाँ संविधान आएर पनि ३/४ वर्ष केन्द्रीय वा स्थानीय निर्वाचन हुन नसक्ने भएकाले संविधान घोषणा पूर्व नै स्थानीय निर्वाचन गरिने बताए । उनले प्रतिद्वन्दी दल भएपनि कांग्रेस-एमाले संविधान निर्माणको विषयमा एकै ठाउँमा रहेकोले एक वर्ष भित्र संविधान आउने दावी गरे ।

कार्यक्रममा सहभागी हुन एमाले नेता तथा अन्य सहभागीहरु फरक-फरक तीन वटा हेलिकप्टर चार्टर गरेर कार्यक्रम स्थल आएका थिए इ कान्तिपुर डट कमले खवर लेखेको छ ।