एसएलसीमा धादिङका ७ हजार ४ सहभागी

505 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,- यस बर्षको एसएलसी परीक्षामा धादिङ जिल्लाबाट ७ हजार ४ बिद्यार्थी सहभागी हुने भएका छन । जिल्लाभरीका १ सय ४१ बिद्यालयवाट नियमित तर्फ ५ हजार ५ सय ३६ र एक्जेम्टेड तर्फ १ हजार ४ सय ६८ जना गरी ७ हजार ४ जना बिद्यार्थीले सहभागिता जनाउने जिल्ला शिक्षा कार्यालय धादिङले जनाएको छ ।
धादिङमा परीक्षा संचालनका लागि जिल्लाभरीमा २० वटा केन्द्रको व्यवस्था गरिएको छ भने ३४ जना सहायक केन्द्राध्यक्ष,२ सय ८८ जना निरीक्षक , ९५ जना सहायक कर्मचारी र २ सय जना सुरक्षाकर्मीको व्यवस्था गरिएको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले जानकारी दिनु भयो । परीक्षामा सबैभन्दा धेरै बिद्यार्थी नीलकण्ठ उच्च मावि धादिङबेसीबाट २ सय २ जना र सबैभन्दा थोरै बिद्यार्थी सुपरक्याटलिष्ट मावि नौविसेवाट ७ जना मात्र रहेका छन । केन्द्रहरु मध्ये सबैभन्दा धेरै वागेश्वरी उच्च मावि बैरेनी परीक्षार्थी सहभागी हुने भएका छन ।