ग्ुाणस्तरीय शिक्षामा प्रभावपार्ने केहि क्रियाकलापहरु

585 पटक पढिएको

सम्पादक: Dhadingnews.com

999601_182164241964959_890210197_aडिल्ली ज्ञवाली
श्री बागेश्वरी उ.मा.बि.

शिक्षा ग्ुाणस्तरीय बनाउन बिभिन्न प्रक्रिया अपनाउनु पर्छ त्यसकालागि शिक्षक विद्यार्थी अभिभावकको आ.आफ्नो भूमिका त हुन्छ नै तर मेरो शिक्षण अनुभवमा केहि बर्ष यता शिक्षामा राजनिति प्रभावपरेका कारण अझ बढि पछाडि परेको देखिन्छ ।मैले मात्र केहि क्रियाकलाप लेख्ने प्रयास गरेको छु ।
१)जिल्लास्तरीय पेशागत सँगठनमा राजनिति हस्तक्षेप हुनु ।
२)पार्टीको राजनिति नगर्नेशिक्षकले जिल्लास्तरीय पेशागत सँगठनमा काम गर्ने अवसर नपाउनु ।
३)पार्टीको झन्डा बोकेर विद्यालयमा डन्डा चलाउने शिक्षकको हावी हुनु ।
४) लगनशिल शिक्षकलाइ सँबन्धित निकायले पेशागत सँगठनको दवावमा स्वतन्त्ररुपले सम्मान तथा पुरस्कृत गर्न नपाउनु ।
५) पार्टीको झन्डा बोकेर नहिड्ने शिक्षकहरु सम्मान तथा पुरस्कृत हुन नपाउनु ।
६) पार्टीको झन्डा बोकेरेैे शिक्षकहरु सम्मानित तथा पुरस्कृत भएकाले पढाइमा भन्दा राजनितिमा ध्यान दिनु ।
७)कासमूलाइ पुरस्कारको आधार नबनाउनु ।
८)राम्रा शिक्षकहरुको मनोबल घट्नु र विस्तारै शिक्षणको विकल्प खोज्नु ।
९)पार्टीले हाम्रा भनेका शिक्षकहरुको मनोबल मात्र होइन फूर्ति बढ्नु ।अरु जागिर नपाउनु विद्यालयको जागिर पेवा ठान्नु ।
१०)विद्यालयमा राजनिति गराउने उद्देश्यले निजिश्रोतमा शिक्षकहरु नियूक्ति हुनु ।
११) पार्टीका दबाब र बलमा निजिश्रोतका शिक्षकहरुले आफुलाइ शक्तिशाली साबित गर्न शिक्षकको नेता बन्नु ।
१२)पार्टीकै भागवन्डामा शिक्षकहरु सम्मानित तथा पुरस्कृत हुनु ।
१३) जिल्लास्तरीय पेशागत सँगठनले शिक्षाको गुणस्तरका बारे बहस नचलाउनु ।
१४)दरबन्दी मिलानकाक्रममा दरबन्दीका शिक्षक सार्न वाध्य हुनु तर निजिश्रोतका शिक्षकहरुुलाइ निकाल्न नसक्नु ।
१५)एउटापार्टी राम्रो अरु नराम्रो भन्न गाली गलौचका शब्द प्रयोग गर्नु ।
१६)राजनितिको र नबुझेपनि राजनितिको पुस्तकहरु नपढेपनि एकोहोरो पार्टीको प्रवक्ता जस्तो हुनु । आदि…..