बाहिर चियापसल, भित्र यौनधन्दा

719 पटक पढिएको

सम्पादक: Dhadingnews.com

thumb (1)१५ वैशाख, काठमाण्डौं । ढल्कु ओरालोमा पर्ने हरियो गेट भन्ने ठाउँमा एउटा चियापसल छ । बाहिरबाट हेर्दा राजधानीका अन्य चियापसलजस्तै यो सामान्य देखिन्छ । तर, वास्तविकता फरक छ । चियापसलको आवरणमा त्यहाँ यौनधन्दा चल्ने गरेको खुलेको छ ।

प्रहरीले सोही चियापसलमा छापा हानी सञ्चालक राजु थापासहित चार युवतीलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेले दुईसाताअघि छापा हानी गोप्य यौनधन्दाको पर्दाफास गरेको हो ।

‘ग्राहक बाहिर चिया खाएर लाइनमा बस्दा रहेछन्,’ सोह्रखुट्टे प्रभाग प्रमुख इन्स्पेक्टर कवित कटवालले भने, ‘प्रहरीले सुइको नपाओस भनेर यसरी चियापसलको आवरणमा अवैध धन्दा हुने गरेको खुलेको नयाँ पत्रिकामा खबर छ ।

अस्पतालमा पनि यौन धन्दा

चियापसलमा मात्र नभई अस्पतालमा समेत यौनधन्दा हुने गरेको प्रहरीको भनाई छ । ठमेलको ज्याठास्थित एक चिनियाँ अस्पतालबाट केही समयअघि यौनधन्दामा संलग्नलाई प्रहरीले पक्राउ गरेको थियो । सो अस्पताल अहिले पनि प्रहरीको निगरानीमा रहेको इन्स्पेक्टर कटवालले बताए ।

बाहिर ताल्चा लगाएर धन्दा

ठमेलको नर्सिङकोच भित्र रहेको झझल्को रेस्टुरेन्टमा शुक्रबार बेलुका प्रहरी पुग्दा रेस्टुरेन्टको कोठामा बाहिरबाट ताला लगाइएको थियो । तर, कोठाभित्र बत्ती बलिरहेकेा थियो । सोह्रखुट्टे प्रहरी प्रभागबाट खटिएको टोली रेस्टुरेन्टमा पुग्दा कोठाहरु बन्द रहेको भन्दै रेस्टुरेन्ट कर्मचारीले प्रहरीलाई फर्काउन खोजेको थिए । तर, शंका लागि ढोका खोल्न लगाउँदा युवायुवती रंगेहात पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले रेस्टुरेन्टका सञ्चालक प्रमोद श्रेष्ठसहित ६ युवती र एक युवकलाई पक्राउ गरेको थियो । ग्राहक भनेर पुगेका युवा प्रहरीलाई धकेल्दै बाहिर निस्किएका थिए ।