लगनशिलताको परिणाम–जिल्ला प्रथम(भलिवल)

636 पटक पढिएको

सम्पादक: Dhadingnews.com

डिल्लीराज ज्ञवाली
999601_182164241964959_890210197_aकुनै पनि व्यक्तिको सवाएक्गीण विकासका लागि खेलकूदको पनि भूमिका हुन्छ वा व्यक्तिको शारिरीक, मानसिक तथा वौद्धिक विकास एक आपसमा अन्तरसंवन्धित भएर रहेका हुन्छन् । त्यसैले बालबालिकाको सर्वाङ्गाीण विकास गर्ने उद्देश्यले विद्यालयहरुमा पढाइका अतिरित्त खेलकूद कार्यक्रमहरु राखिएका हुन्छन् वा प्रत्येक शुक्रवार अतिरिक्त क्रियाकलाप अन्तरगत खेलकूदका कार्यक्रम पनि समावेश गर्नुपर्ने हुन्छ । खेलकुद नियमपूर्वक सिकाउँदा विद्यार्थी अनुशासित लगनशील हुने गर्दछ । यसरी भइरहने बानीको विकास भएमा सफल हुनसक्छन् ।
यहाँ विषयवस्तु जोड्न खोजिएको जिल्ला स्तरमा संचालन भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको हो । धादिङ जिल्लामा २०७० सालमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गर्नका लागि जिल्लाका ३ निर्वाचन क्षेत्रलाई आधारमानी फागुन महिनमा क्षेत्रिय स्तरमा खेलकूद कार्यक्रम राखियो जहाँबाट छनोट भएका वा प्रत्येक खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई २०७० चैत्र २६, २७ र २८ गते जिल्ला सदरमुकाम धादिङवेसीको खुल्लामञ्चमा जिल्ला स्तरको खेलकूदमा समावेश गराइ चैत्र २८मा समापन गरियो । प्रसंग हो छात्रा भलिबल प्रतियोगिताको । धादिको ३ नं. क्षेत्रिय स्तरमा दोस्रो भएका छात्रा भलिबलको टिम जिल्ला स्तरमा प्रथम हुन पुग्यो । क्षेत्रिय स्तरको खेलमा श्री जनकल्याण उच्च मा.वि. वैरेनीसँग पराजित भई दोस्रो हुन पुगेको श्री वागेश्वरी उच्च मा.वि. वैरेनीको टिम २६ गते धादिङवेसीमा आयोजित भलिवल प्रतियोगितामा मण्डली मा.वि. फूलखर्कलाई पराजित गरि सेमिफाइनलमा पुग्यो तर सेमिफाइनल मै उसको प्रतिस्पर्धी टिम रह्यो श्री जनकल्याण उच्च मा.वि. वैरेनी जुन टीमसँग क्षेत्रिय स्तरमा पराजित भएको थियो । तर प्रतिस्पर्धामा सजिलोसँग विजय हासिल गरी फाइनलमा भिड्न पाउने भयो । फाइनलमा भिड्ने पालो आयो श्री सत्यवति उच्च मा.वि.आदमटारसँग, सुरुको खेलमा वा पहिलो सेटमा २३ नं.का विरुद्ध २५ नं. ल्याई सत्यवति उच्च मा.वि.को गेम भयो । त्यसपछि भने श्री वागेश्वरी उच्च मा.वि. वैरेनीले नै लगातार ३ गेम गरी सत्यवति उच्च मा.वि.लाई पराजित गर्दै जिल्लामा छात्रा भलिवल तर्फ जिल्ला प्रथम हुन पुग्यो । प्रतिस्पर्धामा लगनशिलताको परिणामले विद्यार्थीलाई निकै उस्साहित बनाएको पाइयो । छात्राहरुको यो टीम सत्यवतिलाई जित्दा जति खुशी भयो त्यो भन्दा बढी खुशी भएको पाइयो श्री जनकल्याण उच्च मा.वि. वैरेनीलाई जित्दा कारण थियो क्षेत्रिय स्तरमा जित्न नसकेको टीमलाई जिल्ला स्तरमा जित्यो । श्री वागेश्वरी उच्च मा.वि.र श्री जनकल्याण उच्च मा.वि. एउटै गा.वि.स.मा रहेका दूरीका हिसाबले सबैभन्दा नजिकका सामूदायिक विद्यालयहरु हुन् ।1511366_602537359829123_6727168202412671248_n दुवै विद्यालयको दूरी नजिक भएकाले विद्यार्थीहरु पनि कहिले एउटामा त कहिले अर्को विद्यालयमा जाने पनि गर्छन् । छात्रा भलिबलमा भाग लिने एउटा खेलाडी छात्रा शोभा श्रेष्ठ कक्षा ८सम्म श्री जनकल्याण उच्च मा.वि.मा अध्ययन गरी कक्षा ९मा २०७०सालमा भर्ना हुन श्री वागेश्वरी उच्च मा.वि. आई नियमित अध्ययनरत थिइन भने उनका बुबा श्री जनकल्याण उच्च मा.वि.मा अध्यापन गर्ने स्थायी शिक्षक हुनुहुन्छ । खेलमा जितेर खुशी भइरहँदा उनी भने सबैभन्दा पहिला बुबालाई फोन गरी आफूले जितेको आफ्नो विद्यालयले गेम जितेको कुरा सुनाउन हतार हतार फोन गरिरहेकी थिइन् । यो छात्रा टीमले क्षेत्रीय स्तरमा दोस्रो हुनुपर्दा निकै चिन्ता व्यत्त गरिरहेका गिए हामीहरु भन्थ्यौँ प्राक्टिस गरि राख जिल्लामा राम्रो हुनुपर्छ नभन्दै यिनीहरु थोरै समय त्यसमा पनि वार्षिक परीक्षा आइरहेको तर पनि विद्यालय समय भन्दा आधा घण्टा अगाडी आउने र विद्यालय समयपछि आधा घण्टा पछिसमम बस्ने र नियमित प्राक्टिस गर्ने गरि नै रहे । उनीहरुले खेलमा सुधार गर्न साना भएपनि सर्ट हान्न सिके, साना देखिने सर्ट हान्न खोज्ने सर्भिस राम्रो गर्ने यिनीहरुको खेल देखेर खेलमा दर्शक बन्ने समूह पनि होसला दिइरहेका देखिन्थे, ६ नं. बहिनी जित तिम्रो हातमा छ भन्ने ८नं. बहिनी गेम तिम्रो हातमा छ भन्थे जतिबेला यिनीहरु सर्भिस गरिरहेका हुन्थे यसरी हौसला दिदै ताली पिटिरहेका देखिन्थे श्री सत्यवती उच्च मा.वि.का विद्यार्थी पनि जतिबेला श्री बागेश्वरी उच्च मा.वि.को खेल श्री जनकल्याण उच्च मा.वि.सँग भैरहेको थियो । कारण थियो साना भएर पनि खेल राम्रै प्रदर्शन गरेकोले तर अन्त्यमा प्रतिस्पर्धी बने श्री सत्यवति उच्च मा.वि. र श्री वागेश्वरी उच्च मा.वि. । यसरी भएको यो खेलमा भलिबल तर्फको छात्रा समूहमा ३ नं. क्षेत्रका ३ वटै विद्यालय जिल्ला प्रथम, द्वितीय र तृतीय हुन पुगे जहाँ प्रथम भएको श्री वागेश्वरी उच्च मा.वि.को नजिकको सामुदायिक विद्यालय श्री जनकल्याण उच्च मा.वि. छात्रा भलिबलमा तेश्रो हुन पुग्यो भने जनकल्याण कै नजिक रहेको श्री सत्यवति उच्च मा.वि. छात्रा भलिबलमा जिल्लामा दोश्रो हुन पुग्यो । यसरी कुनै पनि खेलमा नियमित र लगनशील भइ आफ्ना गल्तीहरु सुधार गर्दै गएमा सफल भइन्छ भन्ने एउटा उदाहरण बन्यो श्री बागेश्वरी उच्च मा.वि. बैरेनीको छात्रा भलिबल टीम । यसले सबै विद्यार्थीको सोचाइमा सकारात्मक भूमिका खेलोस् र लगनशिलताको परिणामले जसरी पनि राम्रो नतिजा ल्याउँछ । त्यसकारण सबैलाई सिकाओस् र भविष्यमा पनि यस्ता सफलताहरु प्राप्त भैराखोस् यहि नै मेरो शुभकामना ।
ज्ञवाली वागेश्वरी उच्च मावि बैरेनीका शिक्षक हुनुुहुन्छ ।