एमाले नेता ओली स्वेदश फिर्ता

635 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौं ( धादिङ न्युज) –नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली स्वास्थ्य उपचारपछि स्वदेश फर्कनुभएको छ । भारतको दिल्लीमा साढे एक महिना उपचार गराएपछि उहाँ बुधवार स्वदेश फर्कनुभएको हो । स्वदेश फर्केलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आप्m्नो अनुपस्थितिमा जे भए पनि अब राजनीतिलाई गति दिने बताउनुभयो । उहाँले आप्mनो उपचारमा संलग्न सबै चिसित्सकका साथै शुभचिन्तक सबैलाई धन्यवाद दिनुभयो । दुवै मिर्गाैला प्रत्यारोपण गर्नुभएका ओली सङ्क्रमणका कारण बिरामी परेपछि उपचारका लागि दिल्ली जानुभएको हो । चिकित्सकहरुले उहाँलाई आराम गर्न सल्लाह दिएका छन् ।